१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बुटवलका सडकमा बाढी, तिनाउ नदीले जलसतह सतर्कता तह नाघ्यो (फोटोफिचर)



बुटवल । शुक्रबार रातीबाट भएको अविरल वर्षाका कारण तिनाउ नदीसहित अन्य खहरे खोलाहरुमा बाढीले जलसतह बढेको छ भने वर्षासँगै बुटवलका सडक तथा बस्तीहरु जलमग्न भएका छन् । बुटवल उपमहानगरले वर्षा पूर्वको सतर्कतामा ध्यान नदिएका कारण बजार क्षेत्र जलमग्न भएको हो ।

सुर्ती, गुटखा र ब्यवसायीहरुले सडकमा फालेका प्लास्टिकले सडक किनारको ढल अवरुद्ध भएसँगै वर्षाको पानी सडकमा बग्न थालेको हो । उपमहानगर क्षेत्रका बिभिन्न स्थानमा सडकमा बाढी आएको छ । वर्षा सुरुहुनु पूर्व उपमहानगरले ढल सफा नगरिदिएकाले बजार क्षेत्रमा बाढी आएको एक स्थानीयले बताए ।

उता तिनाउ नदीले जलसतह सतर्कता तह पार गरेको बाढी मापन केन्द्रले जनाएको छ । यसैगरि देवदह र तिलोत्तमा सीमामा रहेको रोहिणी खोला, सैनामैना र बुटवलको सीमामा रहेको करेसाघाट खोला, दानव नदी लगायतका खोलामा बाढीले नदी आसपासका स्थानीयमा जोखिम थपिएको छ ।

बाढी मापदन केन्द्र बुटवलले सुचना जारी गर्दै बुटवलससहित पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई नदी तथा खोला तटिय क्षेत्रमा बाढीको जोखिम बढेकाले दिउँसो ३ बजेसम्म सचेतना अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  १० : ३९ बजे

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा