३० असार २०८३, मंगलबार | July 14, 2026

बुटवलका सडकमा बाढी, तिनाउ नदीले जलसतह सतर्कता तह नाघ्यो (फोटोफिचर)



बुटवल । शुक्रबार रातीबाट भएको अविरल वर्षाका कारण तिनाउ नदीसहित अन्य खहरे खोलाहरुमा बाढीले जलसतह बढेको छ भने वर्षासँगै बुटवलका सडक तथा बस्तीहरु जलमग्न भएका छन् । बुटवल उपमहानगरले वर्षा पूर्वको सतर्कतामा ध्यान नदिएका कारण बजार क्षेत्र जलमग्न भएको हो ।

सुर्ती, गुटखा र ब्यवसायीहरुले सडकमा फालेका प्लास्टिकले सडक किनारको ढल अवरुद्ध भएसँगै वर्षाको पानी सडकमा बग्न थालेको हो । उपमहानगर क्षेत्रका बिभिन्न स्थानमा सडकमा बाढी आएको छ । वर्षा सुरुहुनु पूर्व उपमहानगरले ढल सफा नगरिदिएकाले बजार क्षेत्रमा बाढी आएको एक स्थानीयले बताए ।

उता तिनाउ नदीले जलसतह सतर्कता तह पार गरेको बाढी मापन केन्द्रले जनाएको छ । यसैगरि देवदह र तिलोत्तमा सीमामा रहेको रोहिणी खोला, सैनामैना र बुटवलको सीमामा रहेको करेसाघाट खोला, दानव नदी लगायतका खोलामा बाढीले नदी आसपासका स्थानीयमा जोखिम थपिएको छ ।

बाढी मापदन केन्द्र बुटवलले सुचना जारी गर्दै बुटवलससहित पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई नदी तथा खोला तटिय क्षेत्रमा बाढीको जोखिम बढेकाले दिउँसो ३ बजेसम्म सचेतना अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  १० : ३९ बजे

कांग्रेस प्रमुख सचेतक राईले प्रधानमन्त्री शाहलाई भने, ‘श्री ८ को सरकार’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र

हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता, यू-१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । एसीसी यू-१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

पाकिस्तानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु, १४ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार

सिटबेल्ट नलाउने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही किन हुँदैन : शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

चालु आर्थिक वर्षको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१