३१ असार २०८२, मंगलबार | July 15, 2025

भारी वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा, सफा गर्न डोजर चलाइयो



बुटवल । शनिबार रातिदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । लामो समयदेखि पानी नपरेको र यहाँका अधिकांश नालीहरु फोहरले पुरिएकाले वर्षासँगै नाली भरिएपछि बाजार क्षेत्रमा बाढी पसेको हो ।

डुबानका कारण पश्चिम नेपाल बस व्यवसाय समितिको प्रधान कार्यालय, रुपन्देही उद्योग संघको कार्यालय तथा राष्ट्रिय समाचार समिति रासस कार्यालयमा फर्निचर, कागजात तथा तत्ताकपडा नष्ट गरेको छ । यसैगरी बुटवलको व्यस्त बजार क्षेत्र अमरपथ, बिकासपथ, हाटबजार लाइन लगायतका सडकमा हिलो तथा पातपतिङ्गरले भरिएपछि डोजर लगाएर सफा गरिएको छ । यहाँका दर्जनौ पसलहरुमा बाढी पसेर लाखौं रकम बराबरको आर्थिक क्षेति गरेको दाबी गरिएको छ ।

बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले फूलबारी क्षेत्र, रासस कार्यालय वरिपरी र न्यू होराइजन स्कुल क्षेत्रमा रातीदेखि परेको ठूलो पानीका कारण डुबानमा परेको र अधिकांश ठाउँमा अहिले सफाइको काम सकिन लागेको बताए ।

यसैबीच सोह्रछत्तिस कुलोबाट बाढी बुटवलको न्यू होराइजन माविमा पसेपछि आइतार विद्यालय बन्द गर्नु परेको छ । कुलोमा रहेको गेट बाल भन्द भएको समयमा राती परेको वर्षाले कुलो भरिएर विद्यालयमा प्रवेश गरेको थियो विद्यालयको तल्लो तलाका सबै कक्षा कोठाहरु डुबेका छन् भने मैदानभर सबै लेदोले भरिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले वर्षातकै सुरुमै यस्तो समस्या नाली थुनिएरै भएकाले सचेत रहनुपर्ने बताए ।

 

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १ : ०७ बजे

कान्ति मावि बुटवलको अध्यक्षमा जीवन वझा चयन

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय

गायक रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

बारा । वरिष्ठ गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत कलाकारहरूलाई लक्षित

बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव पोखरेललाई

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित

विधान महाधिवेशनमा मेरो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्छ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की नेतृ विद्यादेवी भण्डारीले आगामी

‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सञ्चालन गरेको ‘ग्रास रुट’