२९ असार २०८२, आइतबार | July 13, 2025

दुर्घटनाको जोखिममा राजमार्ग क्षेत्रका नागरिक



नेपालगन्ज । जिल्लाको राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित झिझरी खोला नजिक गत बिहीबार स्कुल बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु हुनुका साथै १३ खसी बाख्रा पनि मरेका थिए ।

पूर्व–पश्चिम राजमार्गमा कोहलपुरको चप्परगौडीस्थित ज्ञानकुञ्ज लिटिल बोर्डिङ स्कुलको बसले स्थानीय २६ वर्षीय गोविन्द ओलीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । सोही क्षेत्रमा गतवर्ष यात्रुबाहक बसको ठक्करबाट पाँच राँगाको मृत्यु भएको थियो ।

विभिन्न समयमा हुने यस्ता दुर्घटनाबाट राजमार्ग क्षेत्रका सर्वसाधारणले बर्सेनि ठूलो जनधनको क्षति व्यहोर्दै आएका छन् । पशुपालक किसान सडक दुर्घटनाको जोखिममा पर्दै आएको राप्ती सोनारी–९ का वडाध्यक्ष सोहनलाल थारुले बताए । गाईवस्तुलाई जङ्गल लैजाने र घर फर्काउने क्रममा राजमार्गमा तीव्र गतिमा गुड्ने सवारीसाधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको उनको भनाइ छ ।

बाँकेमा गत आर्थिक वर्षमा दुर्घटनामा परी १२ पशुचौपायाको ज्यान गएको र तीन पशुचौपाया घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए । जिल्लामा भएका अधिकांश सवारी दुर्घटना चालक र सडक प्रयोगकर्ताको लापरबाहीका कारण हुने गरेको उनले बताए ।

“सवारी दुर्घटना भएकामध्ये अधिकांश लापरबाहीका कारण भएका छन् । चालकको लापरबाही प्रमुख कारण हो भने केही दुर्घटना सडक प्रयोगकर्ताले सावधानी नअपनाउँदा भएका छन्”, प्रहरी प्रहरी निरीक्षक सुवेदीले भने, “सडक नियमको पालना नगर्ने, नजिकै जेब्रा क्रसिङ भए पनि हतारहतार गरेर जहाँ पायो त्यहीँबाट बाटो काट्दा दुर्घटना भई ज्यान जाने गरेको छ ।”

गत आवमा एक सय ५८ वटा सवारी दुर्घटनामा परी ६६ जनाले ज्यान गुमाएका छन् । सडक दुर्घटनामा दुई सय १२ नागरिक घाइते भएका प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले बेलाबेलामा राडर गनसहितको जाँच गर्नुका साथै सचेतनाका कार्यक्रम गर्दै आएको उनले बताए ।

राप्ती सोनारी–९ ढकेरीका नागरिक अगुवा विश्वराज खनालले राजमार्ग क्षेत्रमा हुने सडक दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न सवारी चालकसँगै आम नागरिकलाई सचेत गराउनुपर्नेमा जोड दिए । “ट्राफिक प्रहरी र यातायात व्यवसायीले मात्र चाहेर सवारी दुर्घटना न्यूनीकरण गर्न सम्भव हुदैन”, उनले भने, “जनचेतना जनाउने, ट्राफिक निमय सिक्ने÷सिकाउनेलगायत कार्यमा सर्वसाधारण तथा नागरिक समाजको पनि भूमिका महत्वपूर्ण रहन्छ ।”

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १२ : २४ बजे

रुपन्देही क्षेत्र नं ३ को मतदाता नामावली अद्यावधिक गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लगिन्छ : महासचिव प‍ोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान

नेपालगन्ज उपमहानगरको बजेट सर्बसम्मत पारित

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट

एमाले विनाको देश र केपी ओली विनाको एमाले होस् भन्नेहरूको कामना पुरा हुँदैन : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलले

निजामती विधेयकको त्रुटि छानबिन गर्न गठित समितिमा ‘सभापति’ पद नै पारित

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सदनमा प्रस्तुत