२२ भदौ २०८३, सोमबार | September 7, 2026

पाकिस्तानमा पनि देखियो मंकीपक्स



काठमाडौं । पाकिस्तानमा मंकीपक्स संक्रमणको पहिलो केस भेटिएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार मंकीपक्सबाट संक्रमित व्यक्ति खैबर-पख्तुनख्वाको मर्दान जिल्लाका बासिन्दा हुन् जो खाडी देशबाट स्वदेश फर्किएका हुन् ।

सङ्क्रमित व्यक्ति कसको सम्पर्कमा आएका थिए भन्ने पत्ता लाग्ने र व्यक्तिको नमूनासमेत लिने काम भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

पाकिस्तानी स्वास्थ्य मन्त्रालयले बिहीबार मंकीपक्स बारे एक चेतावनी जारी गर्दै, एयरपोर्ट र त्यस्ता सबै ट्रान्जिट पोइन्टहरूमा कडा स्क्रीनिंग भइरहेको बताएको थियो ।
यसैबीच पाकिस्तानका प्रधानमन्त्रीका स्वास्थ्य संयोजक डा मुख्तार अहमदले सरकारी अस्पतालहरूलाई सावधानी अपनाउन निर्देशन दिइएको बताएका छन् ।

यसअघि अफ्रिका बाहिर पहिलो पटक स्वीडेनमा एमपोक्सको पहिलो केस देखिएको थियो । स्वीडेनको एजेन्सीले संक्रमित व्यक्तिलाई अफ्रिकामा बस्दा एमपोक्स भएको जनाएको छ ।

अफ्रिकाका केही भागहरूमा फैलिएको मंकीपक्स रोगका कारण विश्व स्वास्थ्य संगठनले विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । डब्ल्यूएचओले मंकीपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयको रूपमा उल्लेख गरेको छ ।

मंकीपक्स एक संक्रामक रोग हो, जसले अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीको ज्यान लिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ३ : ३५ बजे

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि