२३ चैत्र २०८२, सोमबार | April 6, 2026

साफ यू–२० च्याम्पियनसिप फुटबलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडीमा हुने



काठमाडौं । भदौ २ गतेदेखि सुरु हुने साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् चडीले गर्नेभएको छ । हालै एएफसी च्यालेन्ज लिग छनोटको चर्च ब्वाइज युनाइटेड र पारोएफसी बीच खेलको प्रत्यक्ष प्रसारण गरेको एक्सन स्पोर्टस्ए एचडी च्यानलले साफ यू–२० च्याम्पियनसिपका खेलहरु पनि प्रत्यक्ष प्रसारण गर्ने भएको हो।

आइतबारदेखि घरेलु मैदानमा हुने दक्षिण एसियाली क्षेत्रका २० वर्ष मुनिका युवाहरुको फुटबल प्रतियोगिता (साफ यू–२० च्याम्पियनसिप) मा नेपाली टोलीको चाहना उपाधि जित्ने हुनेछ ।उमेर समूहको प्रतिस्पर्धा भएपनि नेपाली टोलीमा राष्ट्रिय टिमबाट र घरेलु लिगहरुमा खेलेको अनुभवी खेलाडी रहनु बलियो पक्ष रहेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ बताउँछन् ।

कप्तान कुशल देउवा सँगै गोलकिपर जियारथ शेख, डिफेण्डर सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, मिडफिल्डर निनसाङ लिम्बु, अविनाश स्याङ्तान, लक्षु थापा, फरवार्ड हरिशराज भट्ट, अनिल बम्जन, समिर तामाङ र निराजन धामीले गत वर्ष साफ यु–१९ च्यामपियन समेत खेलेका थिए । कुशल, निराजन, अश्विन, हरिशले गत वर्ष नेपाल सुपरलिग (एनएसएल) पनि खेलेका थिए।

फरवार्ड समिर तामाङले गत चैतमा विश्वकप छनोट अन्तर्गत बहराइन विरुद्धको खेलमा नेपालको सिनियरटोलीबाट डेब्यु गरेका थिए। समिरको सिनियर टिमको अनुभव काम लाग्ने कुशलले बताए । ‘त्यो हाम्रोलागि एडभान्टेज हुन्छ । एक्सपोजर पाएका खेलाडीहरु छन् । टिम कम्पोज्ड बनेको छ’, कुशलले भने।

दक्षिण एसियाका पाकिस्तान बाहेक ६ टोलीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् । नेपाल, श्रीलंका र बंगलादेश समूह ए मा छन् भने विजेता भारत, भुटान र माल्दिभ्स समूह बी मा छन्।नेपालले १८ अगष्टमा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले समूहको दोस्रो खेल २२ अगष्टमा बंगलादेशसँग खेल्ने छ।

प्रतियोगिताका खेलहरु संयुक्तरुपमा दशरथरंगशाला र सातदोबाटोको एन्फा टेक्निकल सेन्टर मैदानमा हुने छन् ।

प्रतियोगितामा नेपालीटोली जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, बिक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा, निरज कार्की, हरिशराज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, रोहन खड्गी सहभागी हुनेछन् ।

 

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ३ : ४८ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको