८ पुस २०८२, मंगलबार | December 24, 2025

स्याङजा (गल्याङ)-रुपन्देही समाजद्वारा मानवसेवा आश्राममा भोजन



बुटवल । स्याङजा (गल्याङ)-रुपन्देही सम्पर्क समाजले मानवसेवा आश्राम तिलोत्तमा-६ मा एक दिने भोजन कार्यक्रम सम्पन गरेको छ । सेवा नै धर्म हो भन्ने उद्देश्यसहित स्याङजा जिल्ला गल्याङ नगरपालिकाबाट रुपन्देहीमा बसोबास गर्ने मानिसहरुबीच गठन भएको सम्पर्क समाजले पहिलो कार्यक्रम मानवीय सेवाबाट सुरु गरेको हो ।

एक दिने खाना खुवाउने कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष जनक कुमार श्रेष्ठले संस्थाको काम जन्मथलोबाट रोजगारी अध्ययनको क्रममा रुपन्देही जिल्लाका विभिन्न ठाउँहरुमा बसोबास गर्ने मानिसहरुलाई एकीकृत गर्दै जाने र उनीहरुको लागि साथ र सहयोगमा हौसला प्रदान गर्ने रहेको बताए ।

अध्यक्ष श्रेष्ठले भने संस्थाहरुले वृद्ध, अशाय र असक्त परिवारबिहीनहरुको एक छाक खाना खुवाउने कार्यक्रमबाट सेवा सुरु गरेको बताएका थिए ।

समाजका वरिष्ठ उपाध्यक्ष एस पी खडका ९शुनिल०ले समाज स्थापना भएसँगै गल्याङबाट बसाईसराई गरेर रुपन्देही आसपास बसोबास गर्ने मानिसहरुमा उत्साह जगाएको बताए । उनले समाजलाई मानवीय सेवामा सर्मपण गर्दै अगाडी लैजाने समेत प्रतिवद्धता जनाए ।

मानव सेवा आश्रम तिलोत्तमा-६ का संयोजक बिष्णु भुजेलले आश्रममा रहेका असक्तहरुलाई सहयोग गरेकोमा धन्यवाद दिइन । साथै आगामी दिनहरुमा निरन्तर सहयोग हुनेमा आफु विश्वस्त रहेको बताइन । समाजका सचिव पिताम्बर अर्यालले समाजले आगामी दिनमा पनि रचनात्मक काम गर्ने जनाए ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ७ : ३० बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना