२० असार २०८३, शनिबार | July 4, 2026

साफ यू-२० च्याम्पियनसीप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै



काठमाडौं । आजदेखि साफ यू-२० च्याम्पियनसीप शुरु हुदै छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले  साफ यू-२० च्याम्पियनसीपको समुह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने बताएको छ ।

यस अघि दशरथ रंगशाला र च्यासलस्थित स्टेडियममा हुने भनिएपनि अब समुह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने भएको हो । आज प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र नेपाल खेल्ने तालिका रहेको छ । यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ ।

एन्फाले यस अघि प्रतियोगिताका लागि दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स गरी तीन स्थान तय गरेको थियो । तर, च्यासल मैदानमा बाढी पसेपछि खेल सञ्चालन गर्न नसकिने अवस्था आएको छ भने दशरथ रंगशाला पनि बर्षाले हिलाम्मे रहेको छ ।

साफले दशरथ रंगशाला र एन्फा कम्प्लेक्सको मैदानलाई आयोजना स्थलको स्विकृती दिएर खेल तालिका समेत जारी गरेपनि गत मंगलबार भुटानको पारो एफसी र नेपालको चर्च ब्वाईज बीचको खेल सञ्चालन हुँदा मैदान पूर्ण रुपमा खराब भएपछि एन्फाले समुह चरणका खेलहरु एन्फा क्मप्लेक्समा र सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुने भएको छ ।

साफ यू-२० मा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देशले भाग लिदै छन् । जसमा समुह ए मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ७ : ४३ बजे

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार