१ चैत्र २०८२, आइतबार | March 15, 2026

परराष्ट्रमन्त्री राणा र भरतीय समकक्षी जयशंकरबीच भेटवार्ता



काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । आइतबार नयाँ दिल्ली पुगेकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्ताका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । यद्यपी भेटवार्तामा छलफल भएका विषयको विस्तृत विवरण सार्बजनिक हुन बाँकी नै छ । विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा राणासँगको तस्वीर सार्बजनिक गर्दै भारतमा स्वागत गरेका छन् ।

परराष्ट्रमन्त्री राणाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने बताइएको छ ।

मन्त्री बनेपछि राणाको पहिलो विदेश भ्रमण हो । उनी आगामी विहिबार स्वदेश फर्कने तालिका छ ।

प्रकाशित मिति : ३ भदौ २०८१, सोमबार  १ : ४८ बजे

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना

कांग्रेसले टुंग्यायो २० समानुपातिक सांसदको नाम, निर्वाचनको समीक्षा अर्को बैठकमा

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट निर्वाचित हुने २० जनाको

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमतिपछि मात्रै रिपोर्टिङ

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमति पछि मात्रै रिपोर्टिङस् इस्रायल,

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो