४ श्रावण २०८३, सोमबार | July 20, 2026

१० जना दिवंगत सदस्यको स्मरणमा नेपालगन्जमा गाईजात्रा (फोटो फिचर)



नेपालगन्ज । नेपालगन्जका नेवाः समुदायले समुदायका १० दिवंगत सदस्यहरुको सम्झनामा गाईजात्रा निकालेका छन् । एक

वर्षको अवधिमा दिवंगत भएका नेवाः परिवारका सदस्यहरुको सम्झनामा नेपालगन्जमा गाईजात्रा निकालिएको हो ।

नेवाः पुच बाँकेको आयोजना र नेपालगन्जमा क्रियाशील नेवाः समुदायको गुठी, खलः र पुचःहरुको सह आयोजनामा निकालिएको गाईजात्रा बागेश्वरी पार्कमा पुगेर समापन भएको छ । १० वटा दिवंगत परिवारबाट फरक फरक सृङ्गार गरिएका देबी देवता र गाईको प्रतिकात्मक बालबालिका तथा बयस्कहरुको लावा लस्कर स्थानीय स्वस्तिक कटेजबाट सुरु भएर भुरेस्कुल, घरबारीटोल, धम्बोझी, सेतुबिक चोक, न्युरोड हुँदै बागेश्वरी मन्दिर परिषर पुगेर समापन भएको थियो ।

जात्रामा देवी देवताका आवरणमा सृङरिएका बालबालिका सहित , तायमचा, लाखे नाच लगायतका झाँकी प्रदर्शन गरिएको थियो । नेवाः समुदायको महत्वपूर्ण पर्व मानिन्छ ।

नेपालगन्जमा मंगलबार बिहानैदेखी परेको अविरल वर्षाका बाबजुद पनि नेवार समुदाय सहित मृतक घरका आफन्त र छिमेकीहरुको गाईजात्रामा उल्लेख्य उपस्थिती रहेको थियो । वर्षामा भिज्दै जात्रामा सहभागी भएका सबैजनालाई नेवाः पुच बाँकेका अध्यक्ष जितेन्द्रकुमार जोशीले धन्यबाद दिए ।

गाईजात्रामा सहभागी हुन आउने नेवाः समुदायको मृतकका घरका सदस्य आफन्तहरुमा समबेदना प्रकट गर्दै गाईजात्रा ब्यवस्थापन समितिका संयोजक हरिश्चन्द्र श्रेष्ठले मृत आत्माको चिर शान्तिको कामना गरे ।

पितृहरुको स्मरणमा निकालिने गाईजात्रामा सहभागी बटुवाहरुलाई सगुन खुवाएमा पितृले मुक्ति पाउने समुदायमा विश्वास रहँदै आएको छ । नेवाः पुचले हरेक वर्ष नेपालगन्जमा मृत आत्माको शान्तिको कामना गर्दै गाईजात्रा पर्व मनाउँदै आएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  १ : १२ बजे

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित