१६ माघ २०८२, शुक्रबार | January 30, 2026

आज भारत बन्दको आव्हान, विहारसहितका राज्य प्रभावित



काठमाडौं । दलित र जनजाति संगठनहरूले आज भारत बन्दको आव्हान गरेका छन् । अनुसूचित जाति र जनजातिको लागि आरक्षणमा क्रीमी लेयर सम्बन्धी सर्वोच्च अदालतको निर्णयको विरोधमा आज भारत बन्दको घोषणा गरिएको हो ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारत बन्दको असर देशका धेरै राज्यमा देखिएको छ । रिपोर्टका अनुसार बिहारको जेहानाबादमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । बिहारको आराहमा प्रदर्शनकारीले रेलमार्ग अवरुद्ध गरेका छन् । प्रदर्शनकारीले दरभंगा-दिल्ली बिहार सम्पर्क एक्सप्रेस रेललाई पनि दरभंगा रेलवे स्टेशनमा रोकेका थिए ।

पीटीआईका अनुसार भारत बन्दको प्रभाव झारखण्डको राँचीमा पनि देखिएको छ । यहाँ निजी बस सेवा बन्द गरिएको छ । यस बन्दलाई समाजवादी पार्टी (एसपी), बहुजन समाज पार्टी (बसपा) र राष्ट्रिय जनता दल (राजद) ले पनि समर्थन गरेका छन् ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  २ : ३० बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र