१० माघ २०८१, बिहिबार | January 23, 2025

साफ यू-२० च्याम्पियनसिपमा माल्दिभ्समाथि भुटानको जित



काठमाडौं । काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह बी अन्तर्गत भुटानले माल्दिभ्सलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा भुटानले माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

यो जितपछि भुटानको सेमिफाइनलमा पुग्ने सम्भावना कायम रहेको छ । अब शुक्रबार हुने भारत र माल्दिभ्सबीचको खेलपछि समुह बी बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो लाग्ने भएको छ ।

आइतबारदेखि शुरु भएको प्रतियोगिताको समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।

त्यस्तै नेपालले भने समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  ५ : २० बजे

भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार

प्रविधिले जोगाएको नेपाली अण्डाको बजार

चितवन । कुखुरा पालन व्यवसायमा लगानी बढेसँगै मासु तथा अण्डातर्फ

काभ्रेको महाभारत जङ्गलमा मङ्गलबार दिउँसोदेखि लागेको आगलागी अझै नियन्त्रणमा आएन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी

सगरमाथा आरोहण दस्तुर बढ्यो, बिदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने

काठमाडौं । नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ

अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु

वासिंगन डिसी। अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन