२५ भदौ २०८३, बिहिबार | September 11, 2026

साफ यू-२० च्याम्पियनसिपमा माल्दिभ्समाथि भुटानको जित



काठमाडौं । काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह बी अन्तर्गत भुटानले माल्दिभ्सलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा भुटानले माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

यो जितपछि भुटानको सेमिफाइनलमा पुग्ने सम्भावना कायम रहेको छ । अब शुक्रबार हुने भारत र माल्दिभ्सबीचको खेलपछि समुह बी बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो लाग्ने भएको छ ।

आइतबारदेखि शुरु भएको प्रतियोगिताको समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।

त्यस्तै नेपालले भने समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  ५ : २० बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ