३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

खेलकुद मन्त्री आफै भन्छन्-‘ठेकेदारले काम सकेमात्र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा हुने’



नेपालगन्ज । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा हुन थालेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा अझै अन्यौलता कायम रहेको बताएका छन् । प्रेस युनियनले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मनत्री चौधरीले रंगशाला निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीले ३५ दिनभित्र काम सकेमा मात्र समयमै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन सक्ने बताए ।

दशौं खेलकुद प्रतियोगिताको सम्भावना अध्धयन गर्न कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेर फर्किएका मन्त्री चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता फाल्गुन अन्तिमतिर सर्न सक्ने संकेत गरे । ठेकेदारले समयमै काम नसकेमा प्रतियोगिता फागुनमा सर्न सक्ने उनको भनाई छ । उनले उद्घाटन समयमै नभएपनि केही खेल भने खेलाइने जानकारी दिए ।

दशौं राष्ट्रिय खुलकुदमा ३६ वटा खेल समावेश गरिएको छ । त्यसमध्येमा २२ वटा खेलमात्रै कर्णालीमा सम्भव हुने र अन्य खेल भने नेपालगन्ज र यस आसपासका खेल मैदानमा हुने बताइएको छ ।मन्त्री चौधरीले कर्णालीमा २२ देखि २४ वटा खेल हुन सक्ने उल्लेख गर्दै अन्य खेलहरु बाँकेमा हुनसक्ने बताए ।

खेलाडीका सन्तानको निःशुल्क उपचार, निःशुल्क शिक्षा, रोजगारी र बीमाको व्यवस्था गर्न सरकारले अन्तिम गृहकार्य गरिरहेको बताउदै मन्त्री चौधरीले खेलाडीको विदेश पलायन रोक्न सरकारले छिट्टै यी कार्यक्रम लागू गर्ने तयारीमा रहेको बताए ।

पत्रकारहरुको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले नेपालगन्जमा बन्दै गरेको सेन्थेटिक ट्रयाक हस्तान्तरण नहुँदै बिग्रिएको सम्बन्धमा अध्ययन गर्न जाँचबुझ टोली बनाइसकेको र आफूले पनि घटनास्थलमा गएर हेर्ने जनाए ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  ८ : १० बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण