४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमाले नेता पूर्वमन्त्री स्व. दीनेश यादवको छोराको शव राप्ती बगरमा भेटियो



नेपालगन्ज । संघीय सरकारका पूर्वमन्त्री एवं एमाले बाँकेका नेता स्वर्गीय दिनेश यादवको छोरा भारतमा मृत फेला परेका छन् । यादवका माहिला छोरा धनन्जय यादवको आज भारत श्राबस्तीको राप्ती बगरमा शव फेला परेको छ ।

नेपाली नागरिकता परित्याग गरेर श्राबस्तीको भेनगा बजारमा बसोबास गर्दै आएका धनन्जयलाई गत भाद्र ५ गते अपहरण गरिएको र आज मध्यान्ह भारतकै राप्ती तटमा शव फेला परेको एमाले लुम्बिनी प्रदेश परिषद सदस्य पदमबहादुर धितालले जानकारी दिए । उनले भारतीय स्थानीय निकायमा सरपञ्च पदमा निर्वाचित धनन्जयलाई ५ गते राती ८ बजे उनकै घरबाट अपहरण गरेर लगिएको धितालले बताए ।

धितालले सामाजिक सञ्जालमा अपहरणमा संलग्न अपराधीको पत्ता लगाई कडा काराबाही गर्न पनि माग गरेका छन् । भारतीय भुमिमा घटना भएको हुन सक्ने भन्दै बाँके प्रहरीले भने घटनाका बिषयमा अनबिज्ञता प्रकट गरेको छ ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ९ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको