१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

तिलोत्तमाको एनजी मार्केटमा टोल स्तरीय खुल्ला तीजगित प्रतियोगिता हुने



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा रहेको एनजी मार्केटले टोल स्तरिय खुल्ला टोल स्तरिय तिजगित प्रतियोगिता गर्ने भएको छ । यहि भदौ १२ देखि १८ गते सम्म प्रतियोगिता आयोजना हुने भएको मार्केटले जनाएको हो ।

शुक्रबार मार्केटमा पत्रकार सम्मेलन गरि सो बारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा मार्केटका अध्यक्ष नारायण बन्जाडेले प्रतियोगितामा उत्कृष्ट टोल विकास संस्थाले २५ हजार, द्वितियले १५ हजार र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने बताए । एनजी मार्केटप्रतिको ग्राहकको मायासँगै हिन्दुहरुको महानपर्व तीज भएकाले पर्वमा शुभकामना आदानप्रदन गर्न र ग्राहकसँग भेटघाट तथा मोरञ्जनकालागि प्रतियोगिता राखिएको बताए ।

मार्केटका म्यानेजर दिपक भट्टराईका अनुसार आमा समूह, महिला समूह, विद्यालय समेत प्रतियोगितामा सहभागी हुन पाउने छन् । प्रतियोगितामा विजेता भएका टिमलाई यहि भदौ २१ गते खुल्ला तीजगितको मुलक कार्यक्रमका अवसरमा पुरस्कार प्रदान गरिने छ ।

यस्तै एन्जी मार्केटले ग्राहकको सुविधा र सहजताका लागि तिलोत्तमाका नागरिकलाई घरदैलो ग्राहक सदस्यता कार्ड प्रदान गर्ने भएको छ । मार्केटले त्यसका लागि प्रत्येक घर र टोलमा पुगेर सदस्यहरुको विवरण लिने सोही पत्रकार सम्मेलनमा संचालक बन्जाडेले जानकारी दिए ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  ९ : २३ बजे

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी

लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा वृक्षरोपण

बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले सामाजिक उत्तरदायित्वका अभियान

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका-१० चानेमा गएको पहिरोका कारण पाँच