१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

तनहुँ बस दुर्घटना : गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खड्से शिक्षण अस्पतालमा



काठमाडौं । भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से तनहुँ बस दुर्घटनाका घाइतेहरुलाई भेट्न अस्पताल पुगेकी छन् । गृहमन्त्री रमेश लेखक सहित त्रिवि शिक्षण अस्पतालमा पुगेर राज्यमन्त्री खड्सेले बस दुर्घटनामा परी घाइते भएकाहरुको स्वाथ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

शुक्रबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट बस मर्स्याङ्दी नदीमा दुर्घटनामा २७ जनाले ज्यान गुमाएका थिए भने १६ जना घाइते भएका छन् । घाइते भएकाहरुको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सोही घटनापछि भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौं आइपुगेकी थिइन् । गृहमन्त्री लेखकले भारतीय राज्यमन्त्री खड्सेसँग अस्पतालमै संवाद गरेका थिए ।

घाइतेहरुको अवस्थाबारे जानकारी लिएसँगै त्रिवि शिक्षण अस्पताल परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले घाइतेहरुको उचार राम्रोसँग भइरहेको बताए । ‘नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले अत्यन्त मेहनतका साथ धेरै चाँडो काम गरेर केही मानिसहरुलाई बचाउन सकियो । केही मानिसहरुको मृत्यु पनि भएको छ, दुःखद् घटना भएको छ । घाइतेहरुको यहाँ उपचार भइरहेको छ । अहिले राम्रोसँग उपचार भइराखेको छ । भारतबाट पनि एकजना राज्यमन्त्रीजी आउनु भएको छ । उहाँकै निर्वाचन क्षेत्रका मानिसहरु हुनुहुँदोरहेछ, महाराष्ट्रको । उहाँ पनि भेटघाट गरिहनु भएको छ,’– मन्त्री लेखकले भने ।

घाइते १६ जनामध्ये एक दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सुधार हुदै गएको मन्त्री लेखकले जानकारी दिए ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  २ : ०६ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको