२२ भदौ २०८३, सोमबार | September 7, 2026

पाख्रिनका गीतसङ्गीतले आमश्रमिकलाई उद्वेलित र सङ्ठगित हुन प्रेरित गर्थ्यो : अध्यक्ष प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसङ्गीतज्ञ खुसीराम पाख्रिनका गीतसङ्गीतले आमनेपाली श्रमिकलाई उद्धेलित र सङ्गठित हुन प्रेरित गर्दै आएको स्मरण गरेका छन् ।

जेबी टुहुरे फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा पाख्रिनलाई ‘जनगायक जेबी टुहुरे सम्मान–२०८१’ प्रदान गर्दै उनले पाख्रिनले राजनीतिक परिवर्तनमा गीतसङ्गीतका क्षेत्रबाट खेल्नुभएको भूमिका महत्वपूर्ण रहेको बताए । “हामीले दर्शन, सिद्धान्त र राजनीतिकका कुरा गरेर धेरै जनतालाई सङ्गठित गर्थ्यो भन्ने लाग्दैन, जति खुसीरामले देशभर र प्रवासमा गाएका गीतले नेपाली श्रमिकलाई उद्धेलित बनाउथ्यो र सङ्गठित गर्न प्रेरित गथ्र्यो”, अध्यक्ष प्रचण्डले भने । पाख्रिनले आफैँ गीत रचना गर्ने, सङ्गीत भर्ने र गाउने गरेको स्मरण गर्दै उनले खुसीराम आफ्नो गाउँले साथीका रूपमा असाध्यै मिलनसार योद्धाका रूपमा रहेको बताए ।

अध्यक्ष प्रचण्डले जनगायक जेबी टुहेरेले गीतसङ्गीतका माध्यमबाट देशभर जनतामा जागरण पैदा गर्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे । “पञ्चायतकालमा टुहुरेका गीत जनतामा जाने मुख्य सामग्री हुन्थे । वैचारिक राजनीतिक रूपमा भन्दा पनि श्रमजीविका गीत गाएपछि जनतालाई आकर्षित गर्न सकिन्थ्यो”, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष गुरु बरालले जनगायकद्वय पाख्रिन र टुहुरे एकै सिक्काका दुई पाटाका रूपमा जीवनभर जनताको पक्षमा गीतसंगीत गायन र सिर्जना गर्दै आभएको स्मरण गरे । माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्णबहादुर घर्तीले जीवनभर जनताका गीत गाएर पाख्रिनले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताए ।

त्यस अवसरमा जेबी टुहुरे फाउन्डेसनको वेबसाइट सार्वजनिक गरिएको थियो । कार्यक्रममा कलाकारहरूले जनगायक पाख्रिनले सिर्जना गरेका गीतसङ्गीत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ९ : ४९ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११