८ असार २०८३, सोमबार | June 23, 2026

तानसेनमा आज विजय उत्सवसहित भगवती (रथ) जात्रा, पर्यटन सर्किट बनाउने मुख्यमन्त्रीको संकल्प



पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासका लागि ऐतिहासिक धरोहर तथा परम्परालाई सन्तुलित र समुचित विकासको लागि जोड्दै पर्यटन सर्किट बनाउन योजना बनाएको बताएका छन् । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्राको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशभित्रका १२ जिल्ला हिमाल, पहाड र तराइ जोड्नेगरी पर्यटन सर्किटको विकास गर्ने सरकारले तयारी गरेको बताएका हुन ।

उनले सबै समुदाय बिशेषले मनाउने चाड, पर्व, रीतिरिवाज, परम्पारा, धार्मिक मान्यताहरुलाई बराबर सम्मान गर्ने बताएका छन् । ‘सामाजिक रुपान्तरणका साथै जागरण र चेतना बृद्धिमा मौलिक परम्पराहरुको आ–आफ्नै भूमिका छन् । समाज विकास संग यि परम्परा जोडिएका छन्’उनले भनेका छन्,‘प्रदेश सरकारले धार्मिक, सांस्कृतीक तथा ऐतिहाँसिक स्थल तथा परम्परालाई समृद्धि संग जोड्न चाहन्छ ।’ आज मंगलबार पाल्पामा भगवती रथ जात्राको निस्कदैछ । यस वर्ष राष्ट्रपती रामचन्द्र पौडेलको बिशेष उपस्थितीमा जात्रा निकाल्न थालिएको हो । २०५ औं विजयोत्सव एवं भगवती रथ जात्रा राष्ट्रपति पौडेलले अवलोकन गर्ने कार्यक्रम छ ।

तानसेन स्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्राहुने गरेको छ । लुम्बिनी प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा सार्वजनिक विदा समेत दिएको छ । नेपालले अ्रग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा हरेक बर्ष कृष्ण जन्माष्टमीको अर्को दिन धुमधामका साथ बिजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहदै आएको छ ।

विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यवाद लाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा बिजय उत्सव स्वरुप सो जात्रा निकालिदै आएको छ । तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्व र जात्राको रुपमा परिचित छ ।

कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथ लाई नै हाल सम्म विजय जात्राको रुपमा संचालन गरिदै आइएको छ ।‘धार्मिक तथा सांस्कृतिक परम्पराहरुले समुदायमा एकताको भावनाको विकास गराउँछन । विभिन्न जात, धर्म र समुदायका मानिसहरुमा एउटै परम्परामा सहभागी हुन्छन्, उनीहरु बीचको सहकार्य र भाइचाराको सम्बन्ध अझ प्रगाढ हुन्छ’सन्देशमा भनिएको छ,‘ धार्मिक र सांस्कृतिक परम्पराहरुले हाम्रा पुराना रीतिरिवाज, परम्परा, धार्मिक मान्यताहरुलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न मद्धत गर्दै आएका छन् ।’

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ७ : ३४ बजे

बाँकेमा आयुर्वेद उपचारप्रति आर्कषण बढ्दै

नेपालगन्ज । बाँकेको खजुरामा चालू आर्थिक बर्षमा २२ हजार बढी

एमाले उपाध्यक्ष पौडेललाई आज नेपालगन्जमा राखिने

नेपालगन्ज । कर्णाली प्रदेशको सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष

राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

रास्वपाको बन्दसत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका