२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता खनालले लिए सपथ



बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस नित्यानन्द पाण्डेयले खनाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, उपसभामुख मेनुका खाँड केसी लगायत उच्च पदस्थ व्यक्तिहरुको बिशेष उपस्थिती रहेको थियो ।

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य¸ अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ वमोजिम खनाललाई सपथ ग्रहण गराइएको हो ।

मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बुटवल उपमहानगरपालिका(९ निवासी खनाललाई गत भदौ ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम खनाललाई प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  १० : ४९ बजे

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको