१२ असार २०८३, शुक्रबार | June 27, 2026

ऋद्धिसिद्धी खजुरा तीज आईडलको उपाधि झरना सुनारलाई



खजुरा । बाँकेमा सम्पन्न ऋद्धिसिद्धी खजुरा तीज आइडलको उपाधि झरना सुनारले हात पारेकी छन् । बाँकेको खजुरा गाउँपालिका १ मा रहेको राधापुर सामुदायिक सिकाई केन्द्रको आयोजनामा आज सम्पन्न तीज आइडलको ग्रेण्ड फिनालेका प्रतिस्पर्धी ११ जनालाई पछि पार्दै झरनाले खजुरा आइडलको उपाधि हात पारेकी छन् ।

३ जना निर्णयक र १२ जना ज्यूरी निर्णयकहरु सहित सयौं दर्शककाबीच आज सम्पन्न ग्रेण्ड फिनालेमा दुर्गा राना फस्ट रनरअप, सुमिना थापा सेकेण्ड रनरअप, दमयन्ती जैसी थर्ड रनरअप बनेका छन् । त्यसैगरी दीक्षा थापाले बेष्ट पर्फमर, अन्जली आले दी मोष्ट ट्यालेण्टेड, आकृति राना मोष्ट ईनर्जेटिभ, प्रेमिका पुन मोष्ट कन्फिडेन्ट, कुसुम पुन मोष्ट स्टालिस्ट, मनिषा खनाल बेष्ट क्याटवाक, अयुसा राना बेष्ट फिजिक र सुमित्रा राना बेष्ट स्माइलिस्ट बनेका छन् । फिनालेबाट दमयन्ती जैसीले मोष्ट पपुलरको उपाधि पाएकी छन् ।

खजुरा आइडलको एक समारोहकाबीच प्रतिनिधिसभा सदस्य आशा बिकले उदघाटन गरेकी थिइन् । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बिकले खजुरा सांस्कृतिकरुपमा पहिले देखि नै धनी रहेको बताइन् । उनले राजनीतिले ब्यक्ति र समाजले अलग बनाए पनि सांस्कृतिक कार्यक्रमहरुले एक ठाँउमा ल्याउने बताईन् । खजुराको विकासका लागि आफुले कुनै राजनीतिक बिभेद नराख्ने प्रतिबद्धता जनाउँदै उनले आफु सबैको साझा सांसद भएको जिकिर गरिन् ।

खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले खजुराले सांस्कृतिक कार्यक्रमहरुकै मार्फतबाट देशबिदेशमा आफ्नो पहिचान बनाएको बताइन् ।

नेपालगन्ज, खजुरा र बिभिन्न बिद्यालयहरुबाट अडिसनबाट छनौट गर्दै २५ जना प्रतिस्पर्धी मध्यबाट गत भाद्र २ गते मेघा अडिसन मार्फत १२ जना किशोरीहरु फिनालेका लागि छानिएका थिए ।

आइडलमा प्रथम हुनेले ५ आनाको सुनको गहना, दोस्रो हुनेले ३ आनाको सुनको गहना, तेस्रो हुनेले २ आना र चौथो हुनेले १ आनाको सुनको गहना प्राप्त गरेका छन् । अन्य ७ जनालाई चाँदीको पाउजुबाट पुरस्कृत गरिएको थियो ।

सहभागी दर्शकबाट पनि कार्यक्रममा राम्रो नाच प्रस्तुत गर्ने १० जनालाई चाँदीको औठी प्रदान गरिएको थियो । केन्द्रका अध्यक्ष सुन्दर गुरुङको अध्यक्षतामा भएको ग्रेण्ड फिनालेको सुजाता खरेल र अन्जु बस्नेतले संचालन गरेका थिए ।

 

 

प्रकाशित मिति : १४ भदौ २०८१, शुक्रबार  ९ : २५ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३