६ श्रावण २०८३, बुधबार | July 22, 2026

लुम्बिनी प्रादेशिक अस्पताल निर्माणमा अर्थमन्त्री पौडेलले खोजे जनस्तरबाट निगरानी



बुटवल । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आयोजना सम्पन्न गर्नका लागि जनस्तरबाट निगरानी गर्नुपर्ने बताएका छन् । बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने बताए ।

उनले विकास निर्माणमा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिंड्ने बताए । आयोजना समयमै सक्न निर्देशन दिंदै उनले समयमै काम सकेर स्याबासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गरे । “छिटो सक्ने नाममा गुणस्तरमा सम्झौता हुन सक्दैन, गुणस्तरीय काम गरेर समयमै सक्ने गरी अगाडि बढ्नुपर्छ”–उनले भने । उनले तीन वर्षमा सक्छु भनेको काम नसकेर पछुताउने अवस्था नआओस् भन्दै भनेकै अवधिमा काम पूरा हुने विश्वास गरे ।

त्यसअघि निर्माण कम्पनीका प्रतिनिधिले सम्झौता अवधी ५ वर्ष भएपनि ३ वर्षमा काम सम्पन्न हुने गरि तयारी गरिएको जानकारी दिएका थिए ।

अर्थमन्त्री पौडेलले भवन मात्र निर्माण गरेर नहुने उल्लेख गर्दै त्यसको प्रभावकारी व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिनुवर्ने बताए । “संघीय सरकारले के सहयोग गर्नुपर्छ, त्यसको लागि तयार छ ।” उनले भने ।

१२ सय शैयाको अस्पतालमा ठूलो संख्यामा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै अर्थमन्त्री पौडेलले विशेषज्ञ चिकित्सकसहित जनशक्तिको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्ने बताए । अस्पताल भवन बन्दैमा अत्याधुनिक उपकरण छैन भने प्रभावकारी उपचार नहुने भन्दै पौडेलले सबै हिसावले सुविधासम्पन्न अस्पताल बन्न जरुरी रहेको बताए ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेलले रुपन्देहीलाई आफूले विकासमा नमूना बनाउन चाहेको बताए । “रुपन्देहीलाई विकासमा नमूना बनाउन सबैले आ–आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गरौं”–उनले भने ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो अस्पताल भवनले सिंगो प्रदेशको मात्र नभएर देशकै स्वास्थ्य क्षेत्रलाई परिवर्तन गर्ने बताए । उनले आयोजना सम्पन्न गर्न प्रदेश सरकारले बजेटमा कमी हुन नदिने प्रतिबद्धता जनाए ।

लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती (वसन्त) ले नयाँ बन्ने अस्पतालको अवनले आधुनिक अस्पतालको आवश्यकतालाई पूरा गर्ने बताए । यो प्रदेशकै गौरवको आयोजना भएकाले प्रदेश सरकारले यसको सही व्यवस्थापन गर्नुपर्ने सभामुख घर्तीको भनाई छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले अस्पतालको हालको अवस्थाबारे जानकारी गराउँदै स्तरोन्नतीपछि यो नमूना अस्पताल बन्ने बताए ।

लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पूरानो संरचना हटाएर नयाँ संरचना निर्माण सुरु भएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  १० : ४१ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको