६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

आर्थिक अभावकै कारण अव छोरीहरुले उच्च शिक्षाबाट बन्चित हुनु नपर्ने



नेपालगन्ज । आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न बन्चित किशोरीहरुले अव आर्थिक अभावकै कारण उच्च शिक्षा हासिल गर्नबाट बन्चित हुनु नपर्ने भएको छ । नेपालगन्जमा संचालनमा रहेको सिटी कलेज अफ मेनेजमेन्ट र सगुन कलेजले आंसिक देखि पूर्ण छात्रबृत्तिमा किशोरीहरुका लागि शिक्षा प्रदान गर्ने भएको छ ।

युगो विश्वबिद्यालय/ युगो नेपालको सहकार्यमा नेपालगन्जमा बिबिए र एमबिए अध्ययन गर्न इच्छा भएका तर आर्थिक कारणले पढ्न नसकेका किशोरीहरुलाई लक्षित गर्दै सिटी कलेज र सगुन कलेजले आंसिक देखि पूर्ण छात्रबृत्ति प्रदान गर्ने भएको हो । विगत २० वर्षदेखि नेपालगन्जमा संचालनमा रहेको सिटी कलेज अफ मेनेजमेन्टको ब्यवस्थापनमा सुदुरपश्चिम विश्वबिद्यालयबाट संबधन प्राप्त सगुन कलेल र त्रिभुवन विश्वबिद्यालयबाट संबधन प्राप्त सिटी कलेजमा बिबिए, बिबिएस र एमबिए कक्षामा छात्रबृत्ति प्राप्त हुन सक्ने कलेजका संचालक अशोक बस्नेतले जानकारी दिए ।

समाजका गरिव, बिपन्न र अप्ठ्यारोमा जीवनयापन गरिरहेका परिवारका छोरीहरुलाई आत्मनिर्भर बनाउन शैक्षिक सेवा प्रदान गर्ने उद्देश्यका साथ युगो नेपालको सहकार्यमा छात्रबृत्ती प्रदान गरिएको बस्नेतले बताए । उनका अनुसार सगुन कलेजमा बिबिएको पढाई हुनेछ भने सिटी कलेजमा बिबिएस र एमबिएको पढाई संचालन हुने छ ।

छात्रबृत्तीमा बिबिएका छात्राले मासिक शुल्क मिनाहा पाउनेछन् भने बिबिएसका छात्राहरुले मासिक शुल्क सहित पाठ्यक्रम खरिदको सुबिधा पनि उपलब्ध हुने बस्नेतले जानकारी दिए । २४ वटा जिल्लामा १२ कक्षा उतिर्ण भएका छात्राहरुका लागि यो छात्रबृत्ती उपलब्ध हुने उनले बताए ।

युगो नेपालको शैक्षिक कार्यक्रममा नेपालका सबै जिल्लाका गरिब तथा जेहेन्दार छात्राहरू लक्षित छात्रवृत्ति कार्यक्रम भएतापनि हाल २४ जिल्लाका छात्राहरूलाई विशेष प्राथमिकता दिईने उनले जनाए ।

लक्षित २४ जिल्लाहरुमा उदयपुर, ताप्लेजुङ, सुनसरी, मोरङ, रौतहट, सिराहा, सप्तरी, सर्लाही, बारा, पर्सा, धनुषा, चितवन, काठमाडौं, धादिङ, पर्वत, बाँके, बर्दिया,दाङ, नवलपरासी, रुपन्देही, पाल्पा, रोल्पा, रुकुम र कञ्चनपुर रहेका छन् ।

विशेष गरि जनजाति, थारू, दलित, मुक्त कमैया वा अभिभावक गुमाएकाहरूले यो छात्रबृत्ति पाउने संचालक बस्नेतले बताए ।

नेपालगन्जको हकमा सिटी कलेज अफ मेनेजमेन्टको आफ्नै भवनमा कक्षाहरु संचालन हुने बस्नेतले बताए । गुणस्तरिय शिक्षणका लागि पूर्वाधारको मुख्य भुमिका रहने बताउँदै उनले सिटी कलेजमा ११ रेक्टकस्केलको भुकम्प प्रतिरोध क्षमताको भवन, आफ्नै पुस्तकालय, प्रयोगशाला रहेको जानकारी दिए ।

कोरोनाकाल पछि बिद्यार्थीको प्रवाह कम भएको उनले बताए । गुणस्तरिय र रोजगारमुखी शिक्षा दिन सके मात्र बिदेशिन तम्सेका युवा रोक्न सकिने बताउँदै उनले शिक्षा पछि रोजगारीको सुनिश्चितताले मात्र बिदेशिन तम्सेका युवाहरु रोक्न सकिने बताए ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  १ : ०० बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस