१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

बाँके नरैनापुरमा झाडापखालाबाट चार जनाको मृत्यु, सातजना बिरामी



बाँके । नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका-३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् ।

नरैनापुर-३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको जानकारी दिए ।

भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए । उनले भने, “आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।” झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ९ : ३७ बजे

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान