३ बैशाख २०८३, बिहिबार | April 16, 2026

नरैनापुरमा अज्ञात रोगबाट थप एकको मृत्यु, अवस्था नियन्त्रणमै



बाँके । बाँकेको नरैनापुरमा अज्ञात रोगबाट थप एकजनाको मृत्यु भएपछि स्थानीयवासी भयभित हुन थालेका छन् । नरैनापुर गाउँपालिका-६ गङ्गापुरस्थित सोनवर्षा निवासी २८ वर्षीया निर्मला पासीको बुधबार उपचारका क्रममा मृत्यु भएको छ ।

पासीलाई १८ गते राति बान्ता भएपछि स्थानीय मेडिकलमा जाँच गराई बुधबार नेपालगञ्जस्थित शिक्षण अस्पतालमा थप उपचारका लागि लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको नरैनापुर वडा नं ६ स्थित गङ्गापुर स्वास्थ्यचौकी इन्चार्ज भरतराज बुढाथोकीले जानकारी दिए ।

केही दिनअघि नरैनापुरकै वडा नं ३ गेग्ली गाउँमा झाडापखालाको लक्षण देखिएर चारजनाको मृत्यु भएको थियो । बुधबार निर्मलाको अचानक मृत्यु भएपछि गङ्गापुरका स्थानीयवासी स्वास्थ्यचौकीमा परीक्षणका लागि आउनेक्रम बढेको स्वास्थ्यचौकी इञ्चार्ज बुढाथोकीले बताए । “यो बेला मौषमी ज्वरो, आउँमासी, पेट दुख्ने समस्या प्रायः हुने गर्दछ, स्वास्थ्यचौकीमा आज पनि झाडापखालाको लक्षण भएका केही बिरामी उपचारका लागि आएका छन्”, उनले भने, “झाडापखालाको प्रकोप छैन, तर एकजनाको ज्यान गएपछि स्थानीयवासी डर त्रासले स्वास्थ्यचौकीमा जाँचका लागि आउनेक्रम बढेको छ ।”

स्वास्थ्यचौकीमा बिहीबार एकैदिन एक सय छजना ज्वरो, आउँ र झाडापखालाको समस्या लिएर आएको उनले जानकारी दिए । जसमध्ये ४५ जनाले आउ र पखालाको लक्षण देखिएको छ । त्यसमध्ये तीनजनामा जलवियोजनको अवस्था पाइएपछि औषधोपचार गरेको बुढाथोकीको भनाइ छ ।

अहिले गाउँमा ज्वरो र झाडापखाला जस्ता लक्षण भएका बिरामीहरू फेलापरेको स्थानीय सोहनलाल यादवले बताए । गेग्ली गाउँ र सोनवर्षामा गरी चारजनाको मृत्यु भएपछि नरैनापुरवासीमा डरत्रास देखिएको उनको भनाइ छ ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले हाल मौषमी ज्वरो, आउँ, पेट दुख्ने समस्या देखिरहेको उल्लेख गरे । गाउँमा गएर बुझ्दा अवस्था नियन्त्रित अवस्थामै रहको पाइएको उनले बताए । गाउँपालिकामा कुनै पनि किसिमको सङ्क्रमण फैलिन नदिन आफूहरूको ध्यान केन्द्रित भएको र स्वास्थ्य टोली गाउँमा खटाएर बिरामीलाई उपचारमा ल्याउन र सचेतीकरण गर्ने काम गरिरहेको स्वास्थ्य शाखा संयोजक साहले बताए ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  ५ : ०४ बजे

सुन प्रतितोला ३ लाख २ हजार ८ सय पुग्यो, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि उकालो लागेको

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच पहिलोपटक छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग

इरान युद्धको प्रभावबीच चिनिया अर्थतन्त्र अपेक्षाभन्दा तीव्र गतिमा वृद्धि

अमेरिका-इजरायल र इरानबीचको युद्धको प्रभाव विश्वभर देखिइरहेका बेला पनि चीनको

चितवनमा रगत अभाव गम्भीर बन्दै, माग बढ्दा रक्तदाता घट्दै

चितवन । चितवन जिल्लामा रगतको माग बर्सेनि बढ्दै गए पनि

रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७