१५ माघ २०८२, बिहिबार | January 29, 2026

सांसद चन्द्र भण्डारीको प्रश्न – “बत्ती बालेपछि बिल तिर्नुपर्दैन ?”



काठमाडौं । नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले अर्थशास्त्रको नियम नबुझ्दा विकास निर्माणका काम ठप्प भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले विकास जनताको सहजता र समृद्धिका साथै दिगो तथा अर्थशास्त्रको नियमानुसार हुनुपर्नेमा जोड दिए । “विकास निर्माणका लागि इच्छाशक्ति र विज्ञता चाहिन्छ तर नेपालमा त्यस्तो हुनसकेको छैन”, उनले भने, “यसबाट नेपाली राजनीति सच्चिन जरुरी छ । अब सरकार बनाउनेमा होइन, देश विकासमा ध्यान दिन आवश्यक छ ।”

सांसद भण्डारीले समयमा सडक नबन्दा नागरिकले सस्ती भोगिरहनुपरेको तर्फ ध्यानाकर्षण गराउँदै जनताले भोग्ने हरेक समस्यामा सरोकार भएकाहरू ध्यान जान जरुरी रहेकामा जोड दिए । उनले जनताको कर तथा पैसा उठाएर चल्न हरेक निकाय जवाफदेही हुनुपर्ने बताए । “एनसेलले जनताबाट पैसा उठाएको छ, त्यो पैसा सरकारले लिनुपर्दैन ?” सांसद भण्डारीले प्रश्न गरे, “बत्ती बालेपछि बिल तिर्नुपर्दैन ? यस विषयमा सभामुखले रुलिङ गर्न जरुरी छ ।”

उनले दैनिकजसो विदेशीने नेपालीहरूलाई रोक्नका लागि सरकारले प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको धारणा राखे । सांसद भण्डारीले भने, “सरकार बन्ने र बनाउने विषयमा होइन, मुलुक बनाउने बाटोमा लाग्नुपर्छ, सरकारले भाषण होइन, काम गरेर देखाउनुपर्छ ।” यसैगरी तीजको अवसरमा गरिबी, अभावमा पनि नेपाली महिलाले तीज मनाइरहेको स्मरण गर्दै उनले तीज गीत गाउने विष्णु माझीलाई धेरै नेपालीले हेर्न चाहेको बताए ।

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  ६ : ५६ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।