गुल्मी । सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले विकास–निर्माणका कामलाई प्राथमिकतामा राख्न स्थानीय तहका निकायहरुलाई अनुरोध गरेका छन् ।
आज यहाँ विकास– निर्माणसँग सम्बन्धित कार्यालयका प्रमुखहरुसँगको छलफलमा उनले सडक, पुलपुलेुसालगायत संरचना बनाउँदा नागरिकलाई मर्का नपर्नेगरी काम गर्नुपर्नेमा जोड दिए । उनले सामाजिक विकासका परियोजनालाई कुनै पनि बहानामा ढिलासुस्ती गर्न नहुने बताए ।
छलफल कार्यक्रममा मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इञ्जिनियर सुरेन्द्र गौतमले रिडी–तम्घास र रिडी–बल्कोट सडक आयोजनाको हालसम्मको वित्तीय एवं भौतिक प्रगतिको बारेमा जानकारी गराएका थिए ।
सांसद भण्डारीले रिडी–तम्घास र रिडी बल्कोट सडक आयोजनामा संलग्न निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयसँग पनि छलफल गरेका छन् ।
त्यस अवसरमा उनले दुवै सडकका निम्ति वजेटको अभाव नहुने तथा काम रोक्नुपर्ने अवस्था उत्पन्न हुन नदिन आफूले सम्बनिधत निकायसँग निरन्तर सम्पर्क एवं समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया