२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

सार्वजनिक विदाको ‘फेक सूचना’ले नागरिक अलमलमा, बाँके प्रशासनले भन्यो विदा छैन



नेपालगन्ज । गृहमन्त्रालयको नाममा जारी एक फेक सूचनाले आज देशभर भ्रम सृजना गरिदिएको छ । गृहमन्त्रालयको नाममा सार्वजनिक विदा रहेको भन्दै सामाजिक सञ्जालमा सूचना पोष्ट भएपछि देशै भर भ्रम सृजना भएको हो ।

सूचनामा राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिम हमाद अल थानीको औपचारीक राजकिय भ्रमण हुने भन्दै सार्वजनिक सूचना उल्लेख गरिएको छ । फेक सूचनाका कारण कतिपय कर्मचारीहरु आज विदा भन्दै आफ्नो निजी कार्यक्रम तय गरिसकेको बाँकेका एक निजामती कर्मचारीले बताए । ‘आज बिदा भन्दै दर पनि खाने, घुमघाम पनि हुन्छ भन्दै घुम्न निस्कने तर्खरमा थियौं, पछि फेक सूचना भन्ने थाहा भएपछि गईएन ।’ उनले भने ।

सूचना भाइरल बनेपछि बाँके जिल्ला प्रशासन कार्यालयले आफ्नो फेसबुक पेज मार्फत आज बिदा नभएको सूचना जारी गरेको छ । ‘आज सार्वजनिक विदा नभएको व्यहोरा जानकारीका लागि सबैमा अनुरोध छ।’ जिल्ला प्रशासन कार्यालय बाँकेले सामाजिक सञ्जालमा लेखेको छ । खबरकुरासंग कुरा गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले सामाजिक सञ्जाललाई नियमन गर्न सशक्त कानुनको आवश्यकता रहेको बताए ।

देशै भर भ्रम उत्पन्न हुने गरि जारी फेक सूचना बारे गृहमन्त्रालय वा प्रहरीबाट भएको खोज अनुसन्धानका बारेमा भने सरकारले कुनै जानकारी दिएको छैन । फेक सूचनाका विषयमा गृह मन्त्रालयले समेत कुनै प्रतिक्रिया नजनाउँदा कर्मचारीहरुमा अन्यौलमा परेका छन् ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  १० : ०० बजे

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा ५१ लाखभन्दा बढी मतसहित अग्रस्थानमा

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत