२२ भदौ २०८३, सोमबार | September 7, 2026

धार्मिक सहिष्णुतामा खलल पुर्‍याउनेलाई कडा कारबाही गरिने



काठमाडौँ । नेपाल सरकारले धार्मिक सहिष्णुतामा खलल पुर्‍याउन खोज्ने व्यक्ति वा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।

गृह मन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय प्रशासनले समन्वयात्मक भूमिका खेल्दै स्थितिलाई थप बिग्रन नदिन भूमिका खेल्ने, प्रदेश र स्थानीय सरकारलाई पनि यस्तै समन्वयात्मक भूमिकाका लागि अनुरोध गर्ने निर्णय भएको छ ।

बैठकमा विभिन्न धार्मिक समुदाय र एकअर्काका धर्मलक्षित सामाजिक सञ्जालमा गलत र भ्रामक टिप्पणी गर्ने, अर्काको धर्ममा खलल पुर्‍याएका घटनाबारे छलफल भएको मन्त्रालयका प्रवक्ता आनन्द कोइरालाले जानकारी दिए । यसैगरी धार्मिक गतिविधिबारे विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालमा मानवअधिकार आयोग, अन्य संवैधानिक आयोग र सुरक्षा निकायसहितको बैठक बस्ने निर्णयसमेत भएको उनले जानकारी दिए ।

प्रवक्ता कोइरालाका अनुसार निर्वाचनको सम्बन्धमा सुरक्षा निकायले गरेका अन्तिम तयारीबारे जानकारी लिने निर्णय भएको थियो । विशेष गरी निर्वाचनको सन्दर्भमा सुरक्षा निकायले हालसम्म गरेका तयारी र मन्त्रालयले गर्नुपर्ने समन्वयबारे पनि छलफल भएको थियो ।

यस्तै, जेनजी आन्दोलनपछि फरार रहेका कैदी बन्दीलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै सुरक्षा निकायलाई थप क्रियाशील बनाउने विषयमा विस्तृत छलफल गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : १९ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा