२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

पाँचौ ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि आईएसएमटीलाई



काठमाडौँ । द ब्रिटिस कलेजको आयोजनामा सम्पन्न पाँचौ संस्करणको ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि आईएसएमटी कलेजले जितेको छ ।
ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले यही सेप्टेम्बर १ देखि ३ सम्म आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा थेम्स कलेजलाई पेनाल्टीमा पराजित गर्दै आईएसएमटीले उपाधि जितेको हो ।

विजेता टिम आईएसएमटीले ट्रफी, मेडल र सर्टिफिकेटसँगै नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै, उपविजेता थेम्सले ट्रफी, मेडल र सर्टिफिकेटसँगै नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा थेम्स कलेजका मिलन गोदार थापा उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै, आईएसएमटीका रुपेश गिरी सर्वाधिक गोलकर्ता, सनम घिमिरे उत्कृष्ट गोलकिपर घोषित भए । व्यक्तिगत विधाका विजेताहरु सबैले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
नाथम कलेजलाई ‘फेयर प्ले टीम’ अवार्डसँगै १० हजार रुपैयाँ प्रदान गरियो । विजेताहरुलाई नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी विशाल श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

‘ब्रिटिस कलेजले पाँचौ संस्करणको प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न गरेकोमा हामी सबैलाई बधाई छ । उपाधि विजेता, उपविजेता तथा सम्पूर्ण सहभागी टिमहरुलाई बधाई सहित धन्यवाद ज्ञापन गर्दछु,’ कार्यक्रमको समापन समारोहमा उपस्थित हुँदै ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेले भने, ‘हामीले विद्यार्थीहरुलाई वार्षिक रुपमा यो अवसर प्रदान गर्दै आएका छौं । अब अर्को वर्ष पनि यसै कार्यक्रममा भेट्ने बाचा गर्दछु ।’

प्रतियोगिताको हस्पिटालिटी पार्टनर गोदावरी भिलेज रिसोर्ट, मेडिकल पार्टनर ह्याम्स हस्पिटल, ट्राभल पार्टनर स्वा होलिडेज, र प्रिन्टिङ पार्टनर हलफ्याक्स रहेको थियो । त्यस्तै, द वेस्टमिन्स्टर कलेज, बिराटनगर सिटी फुटबल क्लब, बेटा नेटवर्क र डर्माभिस्टाले पनि प्रतियोगितालाई सहयोग गरेको थियो ।

लिगकम नकआउट संरचनामा सम्पन्न प्रतियोगितामा आईएसएमटी कलेज, सनवे कलेज, काठमाडौँ विश्वविद्यालयको ‘बी’ टिम, द वेस्टमिन्स्टर कलेज, द ब्रिटिस कलेजको ह्वाइट टिम, द ब्रिटिस कलेजको ब्लु टिम, आईआईएमएस कलेज, न्याथम कलेज, सफ्वेरिका कलेज, सिल्भर माउन्टेन, इन्साइट भिजन, हेराल्ड कलेज, प्राइम कलेज, भेदास कलेज, ब्रिटिस प्रोफेशनल कलेज, थेम्स कलेज, एपेक्स कलेज र टेक्सपायरको सहभागी रहेको थियो । सहभागी टिमहरुलाई ब्रिटिस कलेजका मार्केटिङ हेड अमरदीप मण्डलले धन्यवाद ज्ञापन गरेका थिए ।

त्यस्तै, कलेजका ईसीए कोअर्डिनेटर सुदीप भट्टराईले कलेजले विद्यार्थीको वृहत्तर हितको लागि यस्ता कार्यक्रमलाई बढावा दिने बताउँदै अर्को वर्षको फुट्सल प्रतियोगिता अझै सभ्य र भव्य हुने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ४ : १९ बजे

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र

मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा प्रचण्डको धन्यवाद, जनताको निर्णय सम्मान गर्न आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

बधाई प्रधानमन्त्री सुशीला कार्की

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको लोकतान्त्रिक यात्रामा अर्को

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६०