२९ मंसिर २०८२, सोमबार | December 15, 2025

टी-२० क्रिकेटमा मंगोलियाको किर्तिमान, १० रनमै अलआउट



काठमाडौं । मंगोलिया आइसीसी टी-२० विश्वकपको एशिया क्वालिफायर अन्तर्गतको खेलमा केवल १० रनमा अल आउट भएको छ । विहिबार सम्पन्न सिंगापुरविरुद्धको खेलमा मंगोलियाले १० ओभरमा १० रन मात्र बनाएर अल आउट भएको थियो ।

मंगोलियाका लागि पाँच ब्याट्सम्यान डक आउट भएका थिए भने २ जनाले २-२ रन बनाएका थिए । अतिरिक्त २ रन पाएको मंगोलियाका लागि चार ब्याट्सम्यानले एक एक रन बनाएका थिए । मंगोलियाको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा सिंगापुरका बलर हर्ष भारध्वाजले ६ विकेट लिएका थिए । त्यस्तै ११ रनको लक्ष्य पाएको सिंगापुरले ५ बलमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

टी-२० अन्तराष्ट्रिय क्रिकेटमा मंगोलिया सबैभन्दा कम रन बनाउने दोस्रो टिम बनेको छ । यसअघि आइल अफ म्यानले पनि स्पेनविरुद्ध १० रन नै बनाएको थियो ।

टी-२० क्रिकेटमा सबैभन्दा कम रन बनाउने चार इनिंगमा मंगोलियाले तीन पटक कम टोटल बनाएको छ । जुन यसै बर्ष बनाएको हो । मंगोलियाले यस अघि जापानविरुद्ध १२ र हङकङविरुद्ध १७ रन बनाएको थियो ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  १ : १३ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ