१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

खजुरा बृहत तीज महोत्सव : मौलिक भाषामा प्रत्यक्ष सांगीतिक कार्यक्रम



बाँके । भदौ २१ गते अर्थात भोली, महिलाहरुको महान चार्ड हरितालिका तीज हो । यस अवसरमा धार्मिक परम्पारागत महिलाहरुले वर्त बस्ने, नाचगान गर्ने जस्ताका कार्यक्रमहरु गर्ने गर्छन् ।

साथै तीजको अवसमार देशभरका धेरैजसो स्थानमा तीज विशेष कार्यक्रम पनि आयोजना गरिन्छ । यसै सन्दर्भमा बाँकेको खजुरामा हरेक वर्ष झै यो वर्ष पनि बृहत ‘खजुरा बृहत तीज महोत्सव-२०८१’ आयोजना हुँदैछ । जसको तपारी पूरा भएको आयोजक लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

विगत १८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको तीज महोत्सवको यो १९औं सृखला हो । विशेषगरी यो पटक खजुरालाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित खजुरामा संकल्प गरिएको लक्ष्मीनाराण दिब्यधामको निर्माणार्थ महोत्सव आयोजना गर्न लागिएको लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार यसवर्षको महोत्सव धार्मिक उद्देश्य र मौलिकता प्रवर्द्धनमा केन्द्रीत रहेको छ । हरेक वर्ष तीजका कार्यक्रमामा मौलिकता हराउँदै गएकाले यसलाई जोगाउने उद्देश्य यो वर्षको महोत्सवले लिएको सचिव सुरेस कुमार खत्रीले बताए ।

उनले तीजमा पूर्णरुपमा मौलिक सामुहिक तीज नृत्य र मौलिक सामुहिक गीत प्रतियोगिता, परम्परागत लाखे नाच एवम् नेपाली परम्परागत खानाका परिकारका स्टलहरु महोत्सवमा राखिने बताए ।

सांस्कृतिक समितिका संयोजक मानबहादुर भण्डारीले अनुसार मौलिक सामुहिक तीज नृत्य र मौलिक सामुहिक गीत प्रतियोगितामा नगद पुरस्कारको पनि व्यवस्था गरिएको बताए । भण्डारीका अनुसार सामुहिक तीज नृत्य प्रतियोगिताको प्रथमलाई २६ हजार, द्वीतीयलाई १६ हजार, तृतियलाई १० हजार र सान्त्वनााई ३ हजार १ सय नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

साथै तीज गीत प्रतियोगिताको प्रथमलाई २१ हजार, द्वीतियलाई १३ हजार, तृतियलार्य ७ हजार ५ सय र सान्त्वनालाई २ हजार १ सय नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  १० : ०२ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका