२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

श्रीलंकामा अभ्यास खेलमा नेपालले पहिला ब्याटिंग गर्दै



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट स्क्वाडविरुद्ध पहिला ब्याटिंग गर्ने भएको छ । तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडले टस जितेर नेपाललाई पहिला ब्याटिंगको निम्तो दिएको छ । नेपालका लागि यस खेलमा सोमपाल कामीले कप्तानी गरेका छन् ।

नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग-२ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्न गएपनि यसअघि मंगलबार र बुधबार खेल्ने भनिएका पहिलो र दोस्रो खेल बर्षाले रद्ध भएका थिए ।

श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।

यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  १० : ३३ बजे

मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा प्रचण्डको धन्यवाद, जनताको निर्णय सम्मान गर्न आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

बधाई प्रधानमन्त्री सुशीला कार्की

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको लोकतान्त्रिक यात्रामा अर्को

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६०

बाँकेमा किरियापुत्रीद्वारा मतदान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान