१३ माघ २०८१, आइतबार | January 26, 2025

अगैया-नेपालगञ्ज हुलाकी सडकले आवतजावतमा सहज



नेपालगञ्ज । अगैया-नेपालगञ्ज जोड्ने हुलाकी सडकले स्थानीयलाई आवतजावतमा सहज भएको छ । कालोपत्र भएको हुलाकी सडकबाट सवारीसाधनमार्फत नेपालगञ्ज आवतजावत गर्न स्थानीयलाई सहज भएको हो ।

“हामी पहिले कोहलपुर हुँदै नेपालगञ्ज जानुपर्ने थियो तर अहिले त्यो परिस्थिति बदलिएको छ”, राप्तीसोनारी गाउँपालिका-३ का वडाध्यक्ष मीनकुमार चौधरीले भने ।

अहिले कृषि उपजका सामग्री किनबेच गर्न बेलैमा नेपालगञ्ज पुग्न सजिलो भएको उनले बताए । चौधरीले भने, “ग्राभेल सडक हुँदा सवारीसाधन चल्दैनथे तर अहिले पाँच वटा बस सञ्चालनमा छन् ।” राप्तीसोनारी गाउँपालिकाका-३, ४, ५, ६ लगायतका वडाहुँदै हुलाकी सडक नेपालगञ्जबाट अगैया बजारसँग जोडिएको छ । सो सडकका कारण विनौना, धामपुर, चाचरफर्का, गोरधुइया, बैजापुर, नारायणपुर क्षेत्रका साना बजारसमेत चलायमान भएका छन् ।

वडाध्यक्ष चौधरीले सडकका कारण विकासको मूलप्रवाहीकरण भएकामा खुसी व्यक्त गर्दै वर्षाको समयमा हुने झन्झटको अन्त्य भएको बताए । हुलाकी सडक कालोपत्र भएपछि अटो, मोटरसाइकललगायत साना सवारीसाधनको आवतजावत बढेको स्थानीयको भनाइ छ ।

स्थानीय दिनेश रतगैयाले धुलाम्मे अवस्था सधैँका लागि अन्त्य भएको बताए । उनका अनुसार नेपालगञ्ज-eअगैया जोड्न थारुमारेमा पक्की पुल निर्माण भएको छ । एउटा नालामा भने पुल निर्माण हुन बाँकी छ ।

राप्ती नदीमा निर्माणाधीन पुलले अगैया-नेपालगञ्जबाहेक नरैनापुरलाई समेत जोडेको छ । विसं २०७८ मा सुरु भएको उक्त सडक विसं २०८० मा सम्पन्न भएको थियो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेले हुलाकी सडकलाई राजमार्गसँग जोडेर कुसुमबाट दाङ जोड्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  २ : ४३ बजे

विभिन्न कार्यक्रम गरी मनाइयो भारतको ७६औँ गणतन्त्र दिवस

काठमाडौँ । भारतको ७६औँ गणतन्त्र दिवस यहाँस्थित भारतीय दूतावासले विभिन्न

प्रादेशिक महोत्सव चौथो दिन : उद्यमशीलता र व्यवसाय प्रवर्द्धनमा भन्दा मनोरञ्जनमा केन्द्रीत

नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव उद्यमशीलता र व्यवसाय मैत्री

१ करोडको बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

प्रादेशिक महोत्सवमा पत्रकारमाथि दुर्व्यवहार नगर्न र समाचार संकलनको वातावरण बनाउन माग

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा

‘पत्रकारको पेसागत सुरक्षामा ध्यान दिइने’

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारको पेसागत