२९ चैत्र २०८२, आइतबार | April 13, 2026

भारतीय कुस्ती खेलाडी विनेश फोगाट कांग्रेसबाट विधान सभा चुनाव लड्ने



काठमाडौं । भारतकी कुस्ती खेलाडी विनेश फोगाट नेशनल कांग्रेसमा प्रवेश गरेकी छन् । शुक्रबार कांग्रेसमा प्रदेश गरेकी फोगाटलाई कांग्रेसले हरियाणाको जुलानाबाट विनेश टिकट समेत दिएको छ ।

पेरिस ओलम्पिकमा फाइनल खेल्न अयोग्य भएकी विनेश फोगाट भारत फर्किएपछि नै कांग्रेसमा प्रवेश गर्ने अनुमान गरिएको थियो ।

विनेश फोगाट र अर्का कुस्ती खेलाडी बजरंग पुनियाले शुक्रबार कांग्रेसका वरिष्ठ सदस्यहरूको उपस्थितिमा पार्टीको सदस्यता लिएका थिए ।

विनेश फोगाट पेरिस ओलम्पिकमा पदक जित्नबाट चुकेकी थिइन् । ५० केजी तौल समूहमा उनी फाइनलमा पुग्दा पनि १०० ग्रामभन्दा बढी तौल भएका कारण अयोग्य घोषित भए ।

यसअघि बजरंग पुनिया र विनेश फोगाटले भारतीय कुस्ती महासंघका पूर्व अध्यक्ष बृजभूषण सिंहविरुद्ध महिला कुस्ती खेलाडीको यौन शोषणको विषयमा विरोध गर्दै दिल्लीको जन्तर मन्तरमा लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  ९ : ४३ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्