२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

सवारी साधन एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु



चितवन । चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश०६–००३प ४८५१ नम्बरको मोटरसाइकल आज बिहान रत्ननगर नगरपालिका–३ शान्तिचोकमा एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक रत्ननगर–१५ का ३४ वर्षीय जीवन मग्राती गम्भीर घाइते भएका थिए ।

घाइते मग्रातीको उपचारका क्रममा आज बकुलहर अस्पताल टाँडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए । ठक्कर दिने कन्टेनर र चालक बारा गडीमाई नगरपालिका–५ का ३६ वर्षीय श्यामसुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ९ : ३३ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य