११ असार २०८३, बिहिबार | June 25, 2026

देउवाले गरे अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम सिफारिस



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिश गरेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आइतबार बालुवाटारमा भएको भेटको क्रममा यादवको नाम सिफारिश गरेका हुन् ।

पार्टी सभापति देउवानिकट मानिएकी नेतृ यादव यसअघि शिक्षामन्त्री भैसकेकी छिन् । उनी पार्टीको कोषाध्यक्षको जिम्मेवारीमा पनि पुगेसकेकी नेतृ हुन् । २०७९ को निर्वाचनमा भने उनी जसपा, नेपालका राजकिशोर यादवसँग पराजित भएकी थिईन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले यादवको नाम राजदूतमा सिफारिश गर्ने बताइएको छ ।

यसअघि अष्ट्रेलियाको लागि राजदूतमा कांग्रेसबाट कान्ता रिजालको नाम सिफारिश भएको थियो । तर, उनीमाथि यसअघि इजरायलको राजदूत हुँदा लगेको सहयोगी फिर्ता नगरेको आरोप लागेपछि सरकारले आँफै नाम फिर्ता लिएको थियो ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  १ : २० बजे

रास्वपाको प्रदेशसभा खारेजी प्रस्तावप्रति बाबुरामको चेतावनी – ‘संघीयता भत्काउने भूल नगर्नू’

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

रुसी राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित

दक्षिण कोरियालाई १-० ले हराउँदै दक्षिण अफ्रिका विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । दक्षिण कोरियामाथि १-० को रोमाञ्चक जित निकाल्दै दक्षिण

भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा

काठमाडौं । भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा गरिएको छ ।

जुम्लाको टम्टी आसपास ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान