९ भदौ २०८३, मंगलबार | August 25, 2026

मगर साहित्य महोत्सवका लागि पालिका यात्रा, एकसाथ सय पुस्तक विमोचन गर्ने तयारी



बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले आगामी मंसिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सवको तयारीका लागि पालिका यात्रालाई तिब्रता दिएको । रुपन्देहीका सबै पालिकाहरुमा पुगेर महोत्सव बारे जानकारी, सुझाव संकलन तथा यसको महत्व बारे जानकारी दिने उद्देश्यले पालिका यात्रालाई अघि बढाइएको संघकी रुपन्देही अध्यक्ष तथा महोत्सव आयोजक समिति संयोजक निर्मला थापाले जानकारी दिइन ।

महोत्सवमा एकसाथ सय पुस्तक विमोचन गर्ने तयारी भइरहेकाले पालिका यात्रा अन्तरगत कृति लेखनका लागि आह्वान गरिएको छ । पालिका यात्रा अन्तरगत मँगलबार बुटवल उपमहानगरपालिकामा आयोजित अन्तरक्रियामा सहभागीहरुले महोत्सवलाई भव्य र सभ्य बनाउन वडा तहमै पुगेर तयारी गर्न सुझाब प्रस्तुत गरे । यसै गरी विभिन्न देशमा रहेका संगठनहरुसँग समन्वय, विभिन्न राजनीतिक दल सम्बद्ध मगर संगठन तथा जनप्रतिनिधिहरुसँग समन्वय गर्न सुझाव प्रस्तुत गरिएको थियो । मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल डिस्कसनको आयोजना गरिने महोत्सव प्रचार समितिका संयोजक यम रानाले जानकारी दिए ।

देशभरका मगर साहित्यकार, कलाकार तथा फरक-फरक विधाका व्यक्तित्वहरुको सहभागिता रहने सम्मेलन आयोजनाका लागि १०१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन भई क्रियाशिल रहेका छन् । महोत्सव सफल बनाउन प्रवासमा रहेका नेपालीहरुलाई जोड्न १ दर्जन बढी देशहरुमा उप समिति गठन गरी तयारीलाई अघि बढाइएको प्रचार संयोजक रानाले जानकारी दिए । महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता बाचन प्रतियोगिता हुने महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद राशीले सम्मान गरिने छ । यसैगरी सान्त्वना हुने दुई जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिनुका साथै सम्पूर्ण सहभागीलाई प्रोत्साहनस्वरुप नगद राशीले सम्मान गरिने गाहाले जानकारी दिए ।

सम्मेलनमा आदि कवि जितबहादुर सिंजाली मगर साहित्य पुरस्कार र गोरे बहादुर खपाङ्गी मगर सामाजिक पुरस्कार स्थापना गरी सम्मान गरिने अभिलेखीकरण उपसमितिका संयोजक जेबी दर्लामी मगरले बताए ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ६ : १५ बजे

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी