२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले दिए राजीनामा



दाङ । बाँके प्रहरीकोे कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धानमा रहेका लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले मन्त्रीले पदबाट राजीनामा दिएका छन् । उनले आज मुख्यमन्त्री चेतनारायण समक्ष राजीनामा दिएका हुन् ।

कुर्मीको राजीनामा मुख्यमन्त्री आचार्य समक्ष कांग्रेस संसदीयदलका नेता डिल्लीबहादुर चौधरीले पेश गरेको बताइएको छ । मन्त्री कुर्मीको राजीनामा भने स्वीकृत नभएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । कुर्मीको राजीनामा आएको कांग्रेस संसदीयदलका नेता चौधरीले पुष्टी गरे । ‘राजीनामा आएको हो, अरु कुरा २ घण्टा पछिमात्र गर्छु ।’ उनले खबरकुरासँग भने ।

कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा बाँकेमान अनुसन्धान चलिरहेको छ । मन्त्री बादशाह विरुद्ध एकल महिला निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ ।

बादशाहकै संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको पारिवारिक स्रोतको दाबी छ । उनलाई कारवाही गर्ने माग गर्दै अधिकारकर्मी रुबी खान सहितको टोलिले काठमाडौंमा धर्ना र प्रदर्शन जारी राखेका छन् ।

उनी बाँके क्षेत्र नम्वर ३ (ख) बाट काँग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ६ : ५३ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११