२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी प्रदेशमा मनाईयो संविधानसभा अध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवस



दाङ । लुम्बिनी प्रदेश राजधानी दाङमा संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको प्रथम स्मृति दिवस मनाइएको छ ।

लुम्बिनी प्रदेश सभा सचिवालयले आयोजना गरेको प्रथम स्मृति दिवसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रदेश सभा सचिवालयमा पुगेर मुख्यमन्त्री आचार्यले नेम्वाङ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

उनले नेपाली राजनीतिलाई सहि दिशा प्रदान गर्न संविधान सभा अध्यक्ष लगायत जिम्मेवारीमा रहेर नेम्वाङले अतुलनिय भूमिका खेलेको स्मरण गरे । नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए ।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती मगर लगायत प्रदेश सभा सदस्यहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  २ : १८ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११