१० माघ २०८२, शनिबार | January 25, 2026

संविधान निर्माणमा नेम्वाङको भूमिका उल्लेखनीय छ : मुख्य सचेतक बर्तौला



काठमाडौं । प्रतिनिधिसभामा नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा खेलेका भूमिका उल्लेखनीय भएको बताएका छन । स्व नेम्वाङलाई संविधान निर्माणका साथै नेपालको संसदीय प्रणालीमा खेलेको भूमिका सबै नेपालीले सधैँ सम्झिरहने बताए ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै मुख्य सचेतक बर्तौलाले संविधानसभाका अध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसका दिनमा उनलाई स्मरण गर्दै नेपालको संविधान निर्माण र संसदीय व्यवस्थालाई सिर्जनात्मक तथा रचनात्मक भूमिका निर्वाह गरेको व्यक्तित्व गुमाउनुपरेको उल्लेख गरे ।

उनले भने, “नेपालको संसदीय प्रणालीलाई जीवन्त राख्न र संविधान निर्माणका लागि खेल्नुभएको भूमिका नेपालीले सधैँ सम्झिने छन् ।” यस्तै उहाँले मङ्गलबार मकवानपुरको मनहरी गाउँपालिका-७ युनाइटेड बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्ने १२ वर्षीया रञ्जिता गुरुङ घर फर्किने क्रममा बाढीमा परेर ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरे ।

सांसद शान्ति परियारले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसका अवसरमा उनप्रति हार्दिक श्रद्धाञ्जलि अपर्ण गर्दै मुलुकले एउटा महत्वपूर्ण व्यक्तित्व गुमाएको उल्लेख गरे । उपसभामुख इन्दिरा राना विवादमा मुछिएकाले उनलाई मार्ग प्रशस्त गर्न सांसद परियारले माग गरे ।

सांसद भगवती चौधरीले नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको ब्लड बैँक सञ्चालनमा बेथिति रहेको पाइएको भन्दै त्यसतर्फ सरकारको ध्यान जाओस भने ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ३ : २५ बजे

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा

काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : डा सिके राउत

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता,

मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न सर्लाहीबाट उम्मेदवार बनेँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा