२८ मंसिर २०८२, आइतबार | December 15, 2025

सभामुखले भने ‘हिँसा’ संसदीय शब्द, माओवादी सांसदहरुको आपत्ति, संसद स्थगित



काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले हिंसा शब्द संसदीय नै रहेको रुलिङ गरेपछि माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

एमाले नेता एवं सांसद योगेश भट्टराई भदौ १२ गतेको प्रतिनिधि सभाको विशेष समयमा बोल्ने क्रममा माओवादी केन्द्रलाई लक्षित गर्दै जनयुद्धमा ‘हिंसा’ भएको उल्लेख गरेका थिए । उक्त शब्दबारे माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए । उक्त शब्द असंसदीय रहेकाले संसदको अभिलेखबाट हटाउनुपर्ने माओवादीको माग थियो ।

सो शब्दबारे प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भदौ १८ गते बसेको कार्य व्यवस्था परामर्श समितिमा भएको छलफल र सचिवालयको रायसमेतको आधारमा विषय, प्रसंग र प्रस्तुतिलाई विचार गर्दा योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नदेखिएको सभामुख घिमिरेले रूलिङ गरेका थिए ।

सभामुख घिमिरेको रूलिङलगत्तै माओवादीका प्रमुख सचेतक पाण्डेले सभामुखको रूलिङ बेठीक रहेको बताए । उनले माओवादीले सभामुखको रूलिङको विरोध गर्ने पनि बताए । ‘यो शब्दका बारेमा जुन किसिमको ब्याख्या आएको छ, हाम्रो दल विरोध गर्दछ । यो बेठीक भएको छ । संविधानभन्दा माथि कोही हुँदैन । यसरी संविधान र कानुनको विपरीत शब्दहरु प्रयोग गर्दै जाने हो भने हामीलाई यसले कता लान्छ ?’ उनले प्रश्न गरे । सचिवालयले दिएको ब्याख्या आफूहरुलाई मान्य नरहेको पनि उनले बताए ।

‘हिँसा’ शब्दको बहस लामो समय हुदा माओवादी केन्द्र र एमालेका सांसदहरु आमेन सामने भएका थिए । एमाले सांसद रघुजी पन्तले हिंसा शब्द संसदमा विगतमा पनि प्रयोग भएको उदाहरण दिदै माओवादीले संसदमा अनावश्यक बहस गरेको आरोप लगाएका थिए ।

माओवादीका सांसदहरुको निरन्तर अवरोधपछि आजको बैठक स्थगित भएको छ । अर्को बैठक आगामी भदौ ३० गते आइतबार बस्नेछ ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ४ : ५६ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर