२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

खकुरी प्रहार अभियोगमा पक्राउ परेका जिल्ला अध्यक्षलाई छुटाउन एमाले युवाले गरे सरकार विरोधी प्रदर्शन



नेपालगन्ज । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल आवद्ध युवाहरुले नेपालगन्जमा सरकार विरोधी प्रदर्शन गरेका छन् । संघकाका बाँके अध्यक्ष तथा राप्तीसोनारी–२ का वडा अध्यक्ष रहेका ज्ञानेन्द्रराज वलीलाई खुकुरी प्रहार अभियोगमा फसाउन खोजिएको भन्दै युवा संघले आज नेपालगन्जमा प्रदर्शन गरेको हो ।

नेकपा एमाले बाँकेको कार्यालयबाट निस्केको प्रदर्शनकारीहरुले विपीचोक पुगेर टायर बाल्दै नेपालगन्ज जमुनाहा सडक अवरुद्ध गरका थिए । युवा संघले संघका अध्यक्ष वलीलगायतका व्यक्तिहरुलाई अनाहकमा राजनीतिक र समाजिक जीवन समाप्त गर्ने षड्यन्त्र गरिएको भन्दै आपत्ति जनाउँदै आएको छ ।

‘गत भदौ १ गते बाँकेको राप्तीसोनारी गाउँपालिकाको विनौना चोकमा भएको खुकुरी हानाहानको घटनामा संलग्न नभएका र उक्त घटनाको बारेमा कुनै पनि जानकारी नभएको राष्ट्रिय युवा संघ नेपाल बाँके अध्यक्ष वलीलाई व्यक्तिगत र सामाजिक जीवन समाप्त गर्ने गरी सुनियोजित तरिकाल घटनास्थलमा अनुपस्थित व्यक्तिहरुलाई सनाखत गराएको प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’, संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

सो घटनाको निष्पक्ष छानविन गर्न राष्ट्रिय युवा संघ नेपालले माग गर्दै देशव्यापी रूपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । अन्दोलनबाट हुने असहज परिस्थितिको जिम्मेवारी स्थानीय प्रहरी प्रशासनले लिनुपर्ने विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

बाँकेको राप्ती सोनारी ५ बिनौनामा खुकुरी प्रहार गरि २ जना युवाहरुलाई गम्भीर घाइते बनाएको अभियोगमा बाँके प्रहरीले एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्षसहित ४ जनालाई पक्राउ गरेको छ । कांग्रेस निकट युवाहरु राप्ती सोनारी-२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ-७ प्रशुरामपुरका २८ वर्षका सुलभ मल्लमाथि खुकरी प्रहार गरेको अभियोगमा राप्तीसोनारी २ का वडा अध्यक्ष समेत रहेका युवा संघ नेपालका अध्यक्ष ‘ज्ञानु’ भनिने वलीसहितका युवालाई प्रहरीले पक्राउ गरेको भन्दै युवासंघ आन्दोलित भएको हो ।

प्रहरीले भने घाईते युवाहरुको उजुरी र स्थलगत अनुसन्धानमा वलीको संलग्नता देखिन आएको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । प्रदर्शनमा संलग्न युवाहरुले कोहलपुर प्रहरीका विरुद्ध नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ७ : ४५ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात