१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीको निधन



काठमाडौँ । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीको निधन भएको छ ।

भारतीय मिडियाका अनुसार यचुरीको आज ७२ वर्षको उमेरमा निधन भएको हो ।

उनी अस्वस्थ भएपछि एम्स अस्पतालको आइसियूमा भर्ना भएका थिए । उनले विद्यार्थी कालबाट नै राजनीति सुरु गरेका थिए । उनी भारतमा इमर्जेन्सी लागु गर्दा पटक पटक पक्राउसमेत परेका थिए ।

यचुरी नेपाल-भारत सम्बन्धका जानकारसमेत रहेका थिए । उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुका महाधिवेशनको क्रममा अतिथिको रुपमा नेपाल आएका थिए ।

यचुरी पछिल्लो ३२ बर्षदेखि सिपिएमको पोलिटब्यूरो सदस्य रहेका थिए । उनी २०१५ देखि पार्टीको महासचिव थिए भने २००५ देखि २०१७ सम्म भारतको राज्य सभा सदस्य समेत रहेका थिए ।

 

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ५ : ३२ बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने