२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीको निधन



काठमाडौँ । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीको निधन भएको छ ।

भारतीय मिडियाका अनुसार यचुरीको आज ७२ वर्षको उमेरमा निधन भएको हो ।

उनी अस्वस्थ भएपछि एम्स अस्पतालको आइसियूमा भर्ना भएका थिए । उनले विद्यार्थी कालबाट नै राजनीति सुरु गरेका थिए । उनी भारतमा इमर्जेन्सी लागु गर्दा पटक पटक पक्राउसमेत परेका थिए ।

यचुरी नेपाल-भारत सम्बन्धका जानकारसमेत रहेका थिए । उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुका महाधिवेशनको क्रममा अतिथिको रुपमा नेपाल आएका थिए ।

यचुरी पछिल्लो ३२ बर्षदेखि सिपिएमको पोलिटब्यूरो सदस्य रहेका थिए । उनी २०१५ देखि पार्टीको महासचिव थिए भने २००५ देखि २०१७ सम्म भारतको राज्य सभा सदस्य समेत रहेका थिए ।

 

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ५ : ३२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती