२० मंसिर २०८२, शनिबार | December 7, 2025

अस्ट्रेलियामाथि इङल्याण्ड ३ विकेटले विजयी



काठमाडौं । टी-२० सिरिजको दोस्रो खेलमा इङल्याण्डले अस्ट्रेलियालाई पराजति गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले अस्ट्रेलियालाई ३ विकेटले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १९४ रनको लक्ष्य पछाएको इङल्याण्डले १९ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । इङल्याण्डको जितमा लियम लिभिङस्टोनले सर्बाधिक ८७ रन बनाएका थिए भने जाकोब बेथेलले ४४ तथा फिल साल्टले ३९ रन बनाएका थिए ।  त्यस्तै अस्ट्रेलियाका बलर म्याथ्यु शर्टले सर्बाधिक ५ विकेट लिए भने सिन एबोटले २ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउदै १९३ रन बनाएको थियो । अस्ट्रेलियाका लागि जेक फ्रासर म्याकग्रुकले सर्बाधिक ५० रन बनाए भने जोस इंगलिसले ४२, ट्राभिस हेडले ३१ तथा म्याथ्यु शर्टले २८ रन बनाएका थिए ।

त्यसैगरी इङल्याण्डका बलर लियम लिभिङस्टोन र ब्राइडन कार्सले २-२ विकेट लिएका थिए । यो जितपछि ३ खेलको सिरिज १-१ को बराबरीमा आएको छ र अब सिरिजको तेस्रो खेल आइतबार हुने छ ।

प्रकाशित मिति : २९ भदौ २०८१, शनिबार  ८ : १० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल