२० आश्विन २०८१, आइतबार | October 6, 2024

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र



पर्वत । जिल्ला अस्पतालको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ ।

नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो । सहरी विकास कार्यालयले भवनका लागि रु २८ करोड विनियोजन गरेर काम थालेको थियो ।

अस्पतालमा बन्ने भवनलाई ब्लक ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ गरेर काम अगाडि बढेकामा जमिन भासिएपछि ‘इ’ ब्लकको काम पनि अधुरै छ । कालीगण्डकी नदी किनारमा रहेको भिर नजिकतर्फ रहेको ‘इ’ ब्लक निर्माणको काम चलिरहेका बेलामा जमिन भासिएपछि पछिल्ला चार वर्षदेखि काम अघि बढ्न नसकेको पर्वत अस्पतालले जनाएको छ ।

भवनको निर्माण चलिरहेको बेलामा भुइँतलाको भागमा ‘बीम’ रहेको ठाउँ बाहेकको जमिन भासिँदै गएपछि भवनको काम अघि बढ्न नसकेको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले बताए ।

विसं २०७७ असारदेखि भासिन सुरु गरेको भवनको ‘बीम’हरू राखेर बाँकी रहेको ठाउँमा अन्तिम केन्द्र यकिन नै गर्न नसकिने गरी भासिएपछि काम पूर्ण रूपमा ठप्प छ । यस वर्ष अरु दुई ठाउँमा जमिन भासिएको छ ।

भूगर्वविद्हरूले जमिन भासिनुको कारण र समाधानका उपायसहितको अध्ययन प्रतिवेदन अस्पताललाई बुझाउने भनिए पनि हालसम्म त्यो प्रतिवेदन प्राप्त नहुँदा भवनको काम अगाडि नबढेको अध्यक्ष गिरीले बताए । चार वर्ष अगाडि निर्माणाधीन भवन भासियो, त्यसपछि कोभिडको महामारी सुरु भएकाले काम अगाडि बढ्न नसकेको उनले बताए ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ८ : ४१ बजे

स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण

जुम्ला । जिल्लाका स्थानीय तहले वडाबाट अनुदानको नुन वितरण गरेपछि

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको

‘जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ’

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

मनसुन क्रमशः क्षीण हुँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको

दाङबाट चार सय खसीबोका काठमाडौं पठाइँदै

दाङ । दसैँका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार