२ पुस २०८२, बुधबार | December 17, 2025

पुराना वामपन्थी नेता लोकवन्धु कन्दङ्वा माओवादीमा प्रवेश



झापा । झापाका पुराना वामपन्थी नेता लोकबन्धु कन्दङ्वासहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराउनुभएको हो ।

कन्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र वामपन्थी बुद्धिजीवीको रुपमा सकृय रहेका थिए ।

विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा मोहन योगी, सिता रण पँहेली, जगत राई, अञ्जर अलि सन्तबहादुर कुमाल,विवेक, राजु लिम्बु,सेखर लामिछाने विजय लामा, पवन राजवंशी, महेश कार्की, मन्नी देव , मनोज गेलाल, पर्वत लामा, शान्ता लिम्बु, शिबु राजवंशी, कला ढकाल, रिता ढकाल, सत्र रिजाल रहेका छन् ।

यस्तै, मदन भण्डारी, कुमार भट्टराई, खगेन्द्र कट्टेल, देव कट्टेल, पुण्ड्य प्रसाद खनाल, अनिता गिरि, राखेक दर्नाल, अभिशेष कालिकोटे,टिका अधिकारी, पुजा महत, सुष्मा सुवेदी, राम बहादुर चेम्जोङ, गंगाप्रसाद आचार्य,सरस्वती बस्नेत, सन्तोष पर्साइ, प्रेम्बा दोर्जे तामाङ, सुसिला भुजेल,भविबन्द्र लिम्बु, सञ्जिव आम्दाम्बे,रुपादेवी सिवाकोटी, सुक्ला राजवंशी, अनिल राई,शंकर थापा, सुवास सुवेदी, पदम भण्डारी, चन्द्रप्रसाद नेपाल, विशाल राजवंशी, नेहा राजवंशी, स्नेहा राई, रामबहादुर कार्की, पदम सम्भाहाम्फे, सिता लिम्बु, मणी खनाल, विनोद ढकाल,सिता श्रेष्ठ लगायत रहेका छन् ।

उनीहरूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् । प्रवेश गर्नेमा एमालेका जिल्ला तथा नगरस्तरीय नेता रहेका छन् । त्यसैगरी, जसपाको विद्यार्थी संगठनका ६४ जना माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा समायोजन भएका छन् ।

माओवादी केन्द्र प्रवेश गरेका कन्दङ्वाले जनताको भावना र एजेण्डा बुझेर आफ्नो कार्यदिशा तय गर्ने पार्टी माओवादी केन्द्र भएको बताए । उनले आज मुलुक जुन ठाउँमा छ, त्यो माओवादीका कारण संभव भएको दाबी गरे् । उनल माओवादीसित एजेन्डाको कमी नभएको र त्यसको कार्यान्वयन भए माओवादीलाई कसैले छुन नसक्ने बताए ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ५ : २८ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष