२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य



दाङ । लुम्बिनी प्रदेशसभाको चालू अधिवेशन सोमबार राती १२ बजे देखि लागू हुनेगरी अन्त्य भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले चालु अधिवेशन अन्त्य गरेका हुन ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसको आधारमा प्रदेश प्रमुख घर्तीमगरले संविधानको धारा १८३ को उपधारा २ बमोजिम चालु अधिवेसन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेले जानकारी दिए ।

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशनमा ३५ वटा बैठक बसेका थिए । यो अवधिमा प्रदेश सभाले स्थानीय सेवा विधेयक, विपद् व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१/०८२ को बजेट खर्च गर्नका लागि बनेको विनियोजन विधेयक पारित गरेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ८ : १० बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति