२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा कालीकोट खाँडाचक्र नगरपालिका–११ घर भई हाल काठमाडौँ महानगरपालिका–२२ सुन्धारा बस्ने बस्ने ४१ वर्षीय धीरबहादुर शाही रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “वादी नेपाल सरकार प्रतिवादी निज शाही भएको बैंकिङ कसुर मुद्दामा कालीकोट जिल्ला अदालत, कालीकोटबाट विसं २०८१ जेठ २८ गते पक्राउ अनुमति प्राप्त पछि फरार रहेका निजलाई हाम्रो टोलीले पक्राउ गरेको हो ।”

निज शाहीलाई काठमाडौँको सुन्धारा नजिक फेला पारी कानुनबमोजिम पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कालीकोट पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ९ : ३९ बजे

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय