१५ माघ २०८२, बिहिबार | January 29, 2026

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप



बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको भन्दै लुम्विनी प्रदेशका टेलिभिजनहरुले बिरोध जनाएका छन् ।

टेलिभिजन प्रशारकहरुको छाता संस्था राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीले लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरलाई प्रदेशसभाको कार्यको बिरोध स्वरुप ध्यानाकर्षण पत्र बुझाएको छ । संघले पटक पटक आग्रह गर्दा पनि प्रदेशसभा सचिवालयले प्रदेशमा क्रियाशील टेलिभिजनहरुलाई बेवास्ता गरी बिभेदपुर्ण ब्यवहार गरेकोले आफुहरुलाई चिन्तित गराएको ध्यानाकर्गाणपत्रमा उल्लेख गरेको छ ।

संघका लुम्विनी प्रदेश अध्यक्ष नरेश केसीले बिगत देखि नै प्रदेश सभा सचिवालयले आफु निकटका सञ्चारमाध्यमहरुलाई मात्रै कार्यक्रम उत्पादन तथा प्रशारण गर्न मिल्ने गरी कार्यबिधी बनाएर सुचना प्रकाशन गर्ने सम्झौता गरी कार्यक्रम दिने गरेको र यसपटक पनि सोही कार्य दोहोरीएको उल्लेख गरेका छन्।

केसीले गतबर्ष नै सभामुख, उपसभामुख र प्रदेशसभा सचिवलाई समेत भेटेर ध्यानाकर्षण गराएको उल्लेख गर्दै त्यो बेला नै सभामुखले आगामी दिनमा कमिकमजोरी सच्याउने प्रतिवद्धता जनाएको बिज्ञप्तीमा उल्लेख गरेका छन्।

सभामुखले आफैले गरेको प्रतिवद्धता आफैले बेवास्ता गरी यस बर्षपनि सुचना प्रकाशन गरी निश्चित सञ्चार गृहलाई मात्र रकम दिन थालिएको भन्दै उक्त सुचना रद्ध गर्न बिज्ञप्ती मार्फत माग गरेका छन्।

केसीले प्रदेशसभाका सुचना र लोक कल्याणकारी कार्यक्रम ठेक्का पट्टा गर्ने प्रवृत्ति अन्त्य गर्दै प्रदेशमा प्रसारण कार्यालय भएका सबै टेलिभिजनलाई समानुपातिक ढंगले बितरण गर्न माग गरेका छन्।

प्रदेशसभा सचिवालयले निश्चित ४ वटा टेलिभिजनले बाहेक अरुले कार्यक्रम प्रशारण गर्न पाउनै नसक्नेगरी कार्यबिधी बनाएर सूचना सार्वजनिक गरेको संघले जनाएको छ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ९ : २७ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला