१८ माघ २०८२, आइतबार | February 1, 2026

मुलुकलाई अस्थिरतामा धकेलेर स्वार्थ पूरा गर्ने शक्ति सक्रिय हुँदैछन : पूर्व मुख्यमन्त्री गिरी



बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले पोलिटव्यूरो सदस्य लिला गिरीले मुलुकलाई अस्थिरतामा धकेलेर आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यकासाथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु लागिरहेको आरोप लगाएका छन् ।

ठूला राजनीतिक दलहरुले केही गर्न सकेनन् भनेर हल्ला फिजाउने, र उनीहरले लोकतन्त्र स्थापनका लागि खेलेका भूमिकाहरुलाई गलत ढंगले व्याख्या गरेर समाजमा अराजकता फैलाउने काम भएको बताउँदै चिन्ता व्यक्त गरे ।

मुलुकको राजनीतिक परिवर्तनलाई बचाउन ठूला दलहरुले अब सोच्नुपर्ने बेला आएको बताउँदै उनले सामाजिक अराजकता फैलाउने गतिविधिलाई रोक्नुपर्नेमा जोड दिए । नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर १० को दोस्रो अधिवेशनका अवसरमा बोल्दै गिरीले दलहरुले आफ्ना कमजोरी सुधार गर्नुका साथै स्थापित गरेका राजनीतिक मुल्य र मान्यताहरुलाई जनतामाझ बुझाउन आवश्यक रहेको उल्लेख गरे ।

यसैगी पार्टीको मिसन चौरासिमा लाग्न नेता कार्यकर्तालाई आह्वान गर्दै उनले स्थानीय, प्रदेश र संघमा समेत एमालेले बहुमत प्राप्त गर्नेगरी जनतामाझ जान नेता कार्यकर्तालाई निर्देशन दिए । आगामी निर्वाचनमा एमालेलाई हार्ने अनुमति नभएको स्पष्ट पार्दै उनले हालसम्म गरेका सकारात्मक कामहरुको सन्देश जनतामा लैजाने काम पार्टी कार्यकर्ताले गर्नुपर्नेमा जोड दिए । राजनीतिक परिवर्तन होस वा भौतिक पूर्वाधारको बिकासमा एमाले नेतृत्वले गरेका राम्रा कामहरु जनतालाई बुझाउन नसकिएको बताउँदे उनले अब समीक्षासहित जनतामा जानुपर्ने बेला आएको उल्लेख गरे ।

यसैगरी नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बुटवल उपमहानगरका ईन्चार्ज गोपाल रानाले रुपन्देहीबाटै आर्थिक समृद्धिको सुरुवात गर्नु पर्नेमा जोड दिए । एमालेकै नेतृत्वमा रुपन्देही बिकासको मोडेलको रुपमा स्थापित भएको उल्लेख गर्दै उनले अझ धेरै गर्न बाँकी रहेको समेत उल्लेख गरे । यस्तै प्रदेश कमिटी सदस्य बाबुराम भट्टराई, विमला श्रेष्ठ लगायतले बोल्दै बुटवललाई आर्थिक राजधानीको रुपमा स्थापित गर्नका लागि एमाले नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।

पार्टीका वडा अध्यक्ष कला केसीले आफ्नो कार्यकालमा गरेका विभिन्न गतिविधिहरुसहितको आर्थिक तथा सांगठनिक प्रतिवदेन प्रस्तुत गरेकी थिइन् । सचिव तिलक पराजुलीको सञ्चालन तथा उपाध्यक्ष टंक कुमार खड्काको स्वागतमा कार्यक्रम भएको थियो । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ६ : ४७ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि