२० माघ २०८२, मंगलबार | February 4, 2026

लुम्बिनी प्रदेशमा बृक्षारोपण गर्दै संविधान दिवसको समापन

पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य



दाङ । ३ दिनको बिबिधि कार्यक्रम गरेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको लुम्बिनी प्रदेश सरकारले दिवसको अन्तिम दिन शुक्रवार वृक्षारोपण गरेर यस वर्षको संविधान दिवसको औपचारीक रुपमा समापन गरेको छ ।

राप्ती गाउँपालिका–३ स्थित घण्टदेव सामुदायिक वन क्षेत्रमा बृक्षारोपण गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यसवर्षको संविधान दिवसको औपचारिक कार्यक्रमको समापन गरेका हुन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री आचार्यले दिवसलाई भब्य बनाउन सहयोग गर्ने आम सर्वसाधारण नागरिक सहित सरोकारवाला पक्ष सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।

उनले दिवस समापनका अवसरमा बृक्षारोपण कार्यक्रममा सरिक हुँदै वन, वातावरण तथा जैविक विविधताको संरक्षणबाट मात्रै पारिस्थितिक प्रणाली जोगाई राख्न सकिने बताए । उनले पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरण मैत्री व्यवहार गर्न सबैमा आग्रह गरे ।

प्रमुख सचिव महादेव पन्थले बृक्षरोपणले संविधान दिवसको सान्दर्भीकता पुष्टी गरेको बताए । ‘एउटा विरुवाको हुर्काइ संग त्यसको भविस्य जोडिएको हुन्छ । जसरी आज विरुवा रोपिएको छ । यसको हेरचाह र व्यवस्थापना गरेको खण्डमा यसको आयू र हुकाई छिटो हुन्छ । त्यसैगरी संविधान पनि एउटा विरुवा जस्तै परिपक्व र त्यसले सबैलाई लाभ दिदै जान्छ’ उनले उदाहरण दिदै भने ,‘संविधानलाई कार्यान्वयन गर्दै यसले दिने उपलब्धीलाई नागरिक माझ पु¥याउनु छ ।’

लुम्बिनीमा असोज ३ गते संविधान दिवस मुल समारोह आयोजना गरिएको थियो । त्यस अघि असोज २ गते प्रदेश स्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराईएको थियो भने कार्यालय परिसरमा सरसफाई, स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान गरिएको थियो । संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धी र चुनौती बिषय विज्ञ संग छलफल गरेर निकासको समेत खोजि गरिएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ११ : ४२ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको